Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

शरणार्थीलाई दिइरहेको सबै सहयोग बन्द गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ । अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अन्रा \'सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण\' रहेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, \'अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अन्रालाई अब थप योगदान पुर्‍याइने छैन ।\' प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको \'ठाडो आक्रमण\' भएको बताएका छन् । नाबिल अबु रुदैनाले समाचार संस्था रोयटर्सलाई भने, \'यस्तो दण्डात्मक कदमले यो क्षेत्रमा संयुक्त राज्यको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा नरहेको तथ्यलाई बदल्न सक्ने छैन ।\' उनले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए । अन्राका एकजना प्रवक्ता क्रिश गुनेजले शृङ्खलाबद्ध ट्वीटमार्फत् सो निकायको बचाउ गरेका छन् । उनले लेखेका छन्, \'अन्राका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्‌कालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ ।\' गत ज्यानुअरीमा अमेरिकाले अन्रालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेपछि पछिल्लो कदम चालेको हो । खासमा सन् १९४८ को अरब-इजरेल युद्धका कारण विस्थापित हुन पुगेका हजारौँ प्यालेस्टिनीहरूको रेखदेख गर्न अन्राको स्थापना गरिएको थियो । सो निकायले अहिले वेस्ट ब्याङ्क, गाजा र इजरेलका छिमेकी देशहरूमा ५० लाखभन्दा बढी मानिसलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दछ । अमेरिका सो निकायलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने दाताको रूपमा रहिआएको छ । उसले सो क्षेत्रमा अन्राको करिब ३० प्रतिशत जति कामका लागि एक्लै सहयोग गर्दै आएको छ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending