Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बर्खामा चल्दैन ग्रामीण सडक

प्यूठान । अविरल वर्षासँगै जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । गाउँगाउँमा अव्यवस्थित रुपमा डोजरले खनेकाले सामान्य बर्षातले समेत सडक ठप्प हुने गरेका छन् । बाटो बिग्रिएपछि यातायातका साधन गन्तव्यमा नपुग्दै बीचमै रोकिन बाध्य हुने गरेका छन् । यात्रु घण्टौं पैदल हिडेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । धेरैजसो दुर्गमका नागरीकले सास्ती पाएका हुन् । मुख्य बजारबाट गाउँसम्म पुग्ने सडक विग्रिएर बस, जिप पुग्न नसकेको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवार प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए । ‘धेरैजसो भित्री सडक ठप्प भएका छन्’, उनले भने, ‘बर्खामा गाडी चलाउन सकिदैन् ।’ सिमिसिम पानी पर्दा पनि सडक अवरुद्ध हुने गरेको उनको भनाइ छ । बर्खाको बेला जिल्लाको दुर्गम गाउँ रजवारा, पूँजा, लिवाङ टिमुरचौरमा सवारी पुग्न सक्दैन । गौमुखी गाउँपालिका केन्द्र ठूलावेसी बजारमै जिप, बस राख्नु परेको श्रेष्ठले बताए । मरन्ठानाहुँदै चुँजा सोल्हाल्ना, चुँजाठाटीबाट विजुली र बडडाँडादेखि हंसपुरको सडक विग्रिएर ठप्प भएको स्थानीय यातायात व्यवसायीले बताए । ‘रजवारातिर जिप लैजान नसकेको धेरै साता भइसक्यो’, जिप चालक विजुवारका सुरेश श्रेष्ठले भने, ‘खोला र पहिरोले सडक अवरुद्ध छ ।’ बर्खामा यातायात व्यवसायीलाई धेरै समस्या हुने उनको भनाइ छ । रजवाराबाट गाउँपालिका केन्द्र ठूलावेसी बजार झर्न झण्डै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । सडकअवरुद्ध भएपछि स्थानीयले दैनिक उपभोग्य सामग्री समेत बोकेरै घरसम्म पु¥याउन बाध्य छन् । सडक अवरुद्ध भएका अन्य गाउँमा पनि उस्तै बाध्यता छ । अवरुद्ध सडक खुलाउन यसअघि जिल्ला विकास समितिमा नेताको भनसुन गर्नुपर्ने बाध्यता थियो । तर, जनप्रतिनिधी आएर करोडौंको बजेट गाउँमै पुग्दा पनि नागरीकले विकास निर्माणमा सहजता पाउन सकेका छैनन् । सडक निर्माण र मर्मत गर्न सहजै बजेट विनियोजन गर्न सकिने अवस्था रहे पनि आफन्त र इष्टमित्रकै पेरीफेरीमा स्थानीय सरकारको बजेट घुमिरहेको छ । गाउँगाउँमा स्थानीय सरकार गठन भएसँगै अव्यवस्थित सडक सञ्जाल निर्माण गर्ने लहर नै चल्यो । डोजर चालक नै प्राविधिक बनेर खनिएका धेरैजसो सडक ठप्प हुने गरेको यातायात व्यवसायीको भनाइ छ । स्थानीय सरकारले गत आर्थिक वर्षमा निर्माण गरेका अधिकांश सडक बर्खा सुरु भएसँगै रोकिएका छन् । अघिल्लो आर्थिक वर्ष जिल्लामा करिव ३५ करोड २६ लाख रुपैयाँ खर्च गरेर सडक निर्माण भए । जनप्रतिनिधि आफैं ठेकेदार र प्राविधिक बनेर धमाधम खनिएका सडकमा कुनै मापदण्ड तोकिएको छैन् । साँघुरा, घुम्ती नपुग्ने र नालीविनाका सडकले सास्ती दिने गरेका छन् । बर्खा नसकिँदासम्म सडक खुलाउन सम्भव नहुने जनप्रतिनिधीले बताएका छन् । केही स्थानीय तहले आफैं डोजर खरिद गरेका छन् । सामान्य पहिरोलाई गाउँपालिकाकै डोजर प्रयोग गरेर सडक खुलाउन सकिने संभावना भएपनि यसतर्फ जनप्रतिनिधीको ध्यान गएको छैन । गतवर्ष कुल बजेटको धेरै हिस्सा स्थानीय तहले सडकमा विनियोजन गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies