काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँच सबै जनतामा पु¥याउन निर्देश गरेको छ । समितिको आज बसेको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी उपत्यकामा वितरण कार्यको मिति पर नसार्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी कार्य छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न मन्त्रालयलाई निर्देश गरेको हो । बैठकले स्वच्छ खानेपानी मौलिक हकका रुपमा रहेको हुँदा उपत्यकाका धारामा आउने पानीको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था मिलाउन तथा मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने सम्बन्धमा गरिनुपर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ । साथै मेलम्चीको पानीको प्राप्तिपछि काठमाडौँको पानीको ढल व्यवस्थापन गर्न बनेका कार्ययोजना १५ दिनभित्र समितिलाई उपलब्ध गराउन, खानेपानी मन्त्रालयले सम्पादन गर्ने कामका बारेमा हालसम्म कानून बनेको नपाइएकाले सोसम्बन्धी विधेयकको मस्यौदा तयार गरी पेश गर्न र स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश एवं स्थानीय तह तथा अन्तरमन्त्रालयगत समन्वय गर्न पनि बैठकले निर्देश गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: