Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

मन्त्री बीनाले भेटिन् कञ्चनपुर घटनाका घाइतेलाई, के भनिन् ?

काठमाडौं। खानेपानी मन्त्री बीना मगरले कञ्चनपुर घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएकी छिन् । आज दिउँसो त्रिभुवन शिक्षण अस्पताल पुगेर मन्त्री मगरले कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रहरीको गोली लागि घाइते भएका बिरामीलाई भेटेकाे हाे । प्रदर्शनका क्रममा गोली लागेर शिक्षण अस्पतालको हाड जोर्नी कक्षमा भर्ना भएका उमेश देउवा र खुट्टामा गोली लागेका अर्जुन भण्डारालाई मनमोहन कार्डियाक केन्द्रको आइसियूमा राखिएको छ । भेटका क्रममा मन्त्री मगरले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कमी आउन नदिन चिकित्सकहरुलाई अनुरोध गरेकी थिइन । घाइतेका आफन्तहरुले मन्त्री मगरसँग घाइतेहरुको खर्च नेपाल सरकारले ब्यहोर्ने निर्णय भएपनि उपचारका क्रममा हुने आकस्मिक तथा कुरुवा खर्च नभएका कारण समस्यामा परेको बताएका थिए । आफन्तहरुले उपचार खर्च वापतको रुपमा पछि मात्रै पाइने भएकोले तत्कालको समस्या टार्न गृह मन्त्रालयबाट राहत खर्च रकम उपलब्ध गराइदिन मन्त्री मगरसँग अनुरोध गरेका थिए । प्रदर्शनमा अनपेक्षितरुपमा गोली प्रहार हुनु दुखद कुरा भएको बताउँदै मन्त्री मगरले अस्पताल भर्ना भएका बिरामीको उपचारमा कुनै कमी नहुने र आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । “घाइतेहरुको अवस्थामा सुधार आइरहेको डाक्टरले बताएका छन् ।” मन्त्री बीनाले आफन्तहरुसँग भनिन, “घाइतेहरुको स्वास्थ्यलाभको कामनाका साथै उपचारका क्रममा आवश्यक पर्ने सहयोग गर्ने छु ।” कञ्चनपुर घटनामा गोली लागेका तीन जना प्रदर्शनकारी शिक्षण अस्पताल भर्ना भएका थिए । ती मध्ये टाउकोको माथिल्लो भागमा गोली लागेका एक युवा डिस्चार्ज भएका छन् । निर्मला पन्त हत्या घटनामा प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनको बिरोधमा कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजारमा भएको प्रदर्शनमा गोली लागेर एकजना बालकको मृत्यु भएको थियो भने आधा दर्जन बढी घाइते भएको थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending