Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-विमस्टेक सम्मेलनको तयारी पूरा

काठमाडौं । आगामी भदौं १४ र १५ गते काठमाडौं हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको सरकारले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्लेन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विमस्टेकको चौंथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि उनले जानकारी दिए । शिखर सम्मेलनको भदौं १४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले सम्मेलनको उद्घाटन गर्ने छन् । सोही दिन बिहान विमस्टेक शिखर सम्मेलनमा आएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । सम्मेलनमा आएको अवसरमा श्रीलंका राष्ट्रपति मैथ्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्टले लुम्विनी भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । शिखर सम्मेलनमा विमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिनेछ । विमस्टेकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड, भुटान र बंगलादेशसहित सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending