Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जन्मदर्ताकै आधारमा पनि शेयरका लागि आवेदन दिन सक्ने

दीपशङ्कर चौलागाई । दोलखा, ७ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीलाई जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् ।  जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि २० वर्ष उमेर समूहका किशोर किशोरीले जन्मदर्ता प्रमाण पत्रकै आधारमा आमा वा बाबुलाई संरक्षक राखेर शेयर भर्न पाउने भएका हुन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले शेयर निष्कासन गर्नु पूर्व नै दोलखावासी भएको परिचय खुल्ने प्रमाण पत्र (जन्मदर्ता, विवाह दर्ता वा नागरिकता) का आधारमा शेयर आवेदन दिन पाउने सहमति भएको थियो । तर, शेयर आवेदन संकलनका लागि तोकिएका बैङ्कहरुले १६ वर्ष उमेर पुगेकालाई नागरिकता अनिवार्य हुनुपर्ने बताएपछि त्यसमा समस्या आएको थियो । सोही कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको निकै ठूलो भीड लागेको छ । प्रशासनले दैनिक चार सयदेखि पाँच सयसम्म नागरिकता वितरण गर्दै आएको पनि छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिनसक्ने बताए । उनले १६ देखि २० वर्ष उमेर समूहका नागरिकले नागरिकता नभए पनि जन्मदर्ताकै आधारमा बुबा वा आमालाई संरक्षक राखेर नाबालकको रुपमा आवेदन दिनसक्ने जानकारी दिए। माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिन सक्नेछ भने । आवेदन दिँदा जन्मदर्ता संगै आमा वा बाबुको नागरिकताको प्रतिलिपि पनि राख्नु पर्नेछ । प्रवक्ता डा न्यौपानेसहितको माथिल्लो तामाकोशी आयोजनाका अधिकारीले आज सदरमुकाम चरिकोटस्थित बैङ्कका प्रबन्धक तथा व्यवस्थापकलाई छुट्टाछुट्टै भेट गरी नागरिकता नभएकै कारण शेयर आवेदन भर्नबाट किशोरकिशोरीलाई वञ्चित नगर्न आग्रहसमेत गरेको छ । माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि छुट्याएको रु एक अर्ब ५ करोड ९० लाख बराबरको शेयर साउन १६ गतेदेखि खुल्ला भएको हो । दोलखावासीले तोकिएको सङ्कलन केन्द्रमा गएर भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending