Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रतिनिधिसभा शून्य समयः कसले के भने ?

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्पmत सरकारको ध्यानाकर्षण गरे । बैठकमा सांसद विमला नेपालीले काठमाडौँ उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गरे । सांसद भीमसेनदास प्रधानले महँगी र करका कारण नेपाली जनता मारमा परेकाले जनतालाई राहत दिने हो भने कम्तीमा पनि जन्म र मृत्यु दर्ता निःशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिए । सांसद भूपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समावेश गर्न माग गरे । सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा भएको घोटालाको छानबिन गरी उक्त कलेज अब स्थानीय निकायले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरे । सांसद महेश्वरराज गहतराजले स्थानीय तहले गरेको करसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक रहेको छ भने । सांसद मायादेवी न्यौपानेले काठमाडौँ उपत्यकामा रहेका छाडा भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्य अविलम्ब शुरु होस् भने । सांसद मीनबहादुर विश्वकर्माले कञ्चनपुरमा केही दिनअघि भएको बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सुझाव दिए । सांसद मीना सुब्बाले धरान नगर हेर्दा जति सुन्दर छ, त्यति नै विमानस्थल र सडक समस्या रहेको जनाउँदै सडक, बसपार्क र विमानस्थलको आवश्यक व्यवस्था गर्न माग गरे । सांसद डा मीनेन्द्र रिजालले सरकारलाई जनताप्रति उत्तरदायी हुने व्यवस्था मिलाउन सदनको ध्यानाकर्षण गरे । सांसद मीना पाण्डेले मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरे । सांसद मैनाकुमारी भण्डारीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याएर कारवाही चलाउन सुझाव दिए । सांसद यज्ञ सुनारले मुलुकमा शान्ति र समृद्धि देख्न नचाहनेले हत्या हिंसाका घटना मच्चाएको हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद यशोदा सुवेदी गुरुङले भूूउपयोगसम्बन्धी नीति ल्याएर जग्गाको खण्डीकरण र भूक्षयीकरण रोक्न आवश्यक छ भने । सांसद रणमती शाहीले कञ्चनपुरमा बलात्कारीलाई पक्राउ गरेको विरोधको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गरे । सांसद राजन केसीले सांसद निरुपालमाथि भएको घटनाको छानबिनको अवस्था कहाँ पुग्यो, ३३ किलो सुन कहाँ गयो भने । सांसद राजेन्द्रकुमार राईले छिनताङ घटनाका शहीदका परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद राधाकुमारी ज्ञवालीले सरकार र राजनीतिक दललाई संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे । सांसद रामबहादुर विष्टले संसद्मा उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन कहाँ पुग्यो भने । सांसद रामेश्वर रायले सर्लाही जिल्लालगायतका उखु किसानको चिनी मिलले भुक्तानी गर्न रु नौ अर्ब बाँकी रहेकाले उक्त बक्यौताको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन विशेष पहल गर्न माग गरे । सांसद लक्ष्मीकुमारी चौधरीले बर्खायाममा नदीबाट बालुटा, गिट्टी निकाल्न नपाइने भनिए पनि अहिले मुलुकमा विभिन्न खोलाबाट ती वस्तु निकाल्ने काम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending