Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ। सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी गरिएको छ । आर्थिकरुपमा पर्यटकले पार्ने प्रभावलाई त्यस्तो तथ्याङ्कले योगदान गर्छ । यस्तो प्रणाली विश्व पर्यटन सङ्गठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेटरी प्रभाव स्याटेलाइट तथ्याङ्कले राख्नेछ । नेपाल भ्रमणमा आउने विदेशी नागरिकको अध्यागमन विभागले राख्ने तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले कुन महिनामा के कति पर्यटक आए भनेर जानकारी दिने गरेको छ । विभागले राखेको तथ्याङ्क सही हो वा होइन भन्नेमा समेत फरक मत रहँदै आएको छ । केहीले विभागले दिने तथ्याङ्क नै आधिकारिक मान्ने गरेका छन् भने पर्यटन क्षेत्रमा कार्यरत संस्थाले स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क विभागले नराख्ने भएकाले फरक पर्ने गरेको बताउँछन् । सरकारले नेपालको पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा गरेको प्रयासका कारण पछिल्लो समयमा पर्यटकको सङ्ख्या बढ्दो छ । बोर्डका अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटक नेपाल आए । स्थलमार्गबाट आउने भारतीय पर्यटक विभिन्न गन्तव्यमा पुगेर फर्कन्छन् । भारतीय पर्यटकले बढी खर्च गरेको पाइएको छ । अचेल भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । हवाई भन्दा स्थलमार्गबाट आउने पर्यटकको बसाई अवधि बढी हुने गरेको छ । खर्चको अनुपातमा स्थलमार्गबाट आउनेले बढी खर्च गरेको पाइन्छ । उनीहरुको समेत सही र वस्तुनिष्ठ तथ्याङ्क राख्न सकिए सकारात्मक प्रभाव पर्ने देखिन्छ । रसुवागढी नाका भएर भित्रने चिनियाँ पर्यटक देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् । हवाई मार्गबाट आउने मात्रै पर्यटक हुन् त रु भन्ने प्रश्न पनि अहम् छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भन्छन, “जुनसुकै माध्यमबाट आएपनि हाम्रा पाहुना र पर्यटक हुन् । उनीहरुको भरपर्दो तथ्याङ्क हुनु जरुरी छ ।” सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने गरी सो वर्षलाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भएको छ । कसरी सम्भव छ त्यत्रो सङ्ख्या ? प्रश्नमा मन्त्री अधिकारी भन्नहुन्छ, “सन् २०२० भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सैँ घण्टा सञ्चालनमा आउने छ । गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्नेछ र पर्यटकीय पूर्वाधारमा ठूलो लगानी हुनेछ ।” उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडानसमेत थप गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमतामा ६० प्रतिशतले वृद्धि हुने जानकारी दिए । नेपाल वायुसेवा निगमका वाइड बडी जहाजले मात्रै चार लाख पर्यटक बोक्नेछ । सन् २०२० सम्म यूरोप, दक्षिण पूर्वी एशियालगायतका देशमा निगमको जहाजले उडान भर्नेछ । आन्तरिकरुपमा होटल, रेष्टुराँमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्ने, घरबास पर्यटनलाई बढावा दिने र नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी प्रचारप्रसार गरिनेछ । यातायात सुगम बनाउन विशेष ध्यान दिइने, बन्द हडताल मुक्त गर्ने, दक्ष श्रमिक तथा पर्यटकमैत्री भौतिक पूर्वाधारको विकासमा जोड दिने सरकारको लक्ष्य छ । पर्यटकको सङ्ख्या मात्रै बढाउनेतर्फ ध्यान नदिई गुणस्तरीय पर्यटक भित्र्याउन स्वदेशी विदेशी एजेन्सी तथा संयन्त्र परिचालन गर्ने तयारी सरकारको छ । पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड दिइएको छ । मुख्य पर्यटकीय गन्तव्यमा मात्रै नभई देशभर गुणस्तरीय होटल तथा रेष्टुराँको स्थापना, स्थानीय उत्पादनलाई बढावा दिने र गाउँमै रोजगारीको अवसर प्रदान गर्न पनि मन्त्रालय लागेको मन्त्री अधिकारीको भनाइ छ । ‘सबै मौसम पर्यटकीय मौसम’ भन्ने नारालाई सरकारले रणनीतिकरुपमा कार्यान्वयनमा ल्याएको जानकारी मन्त्री अधिकारीले दिएयो । उनले भने, “नेपाल बाह्रै महिना नै पर्यटकका लागि घुम्न योग्य गन्तव्य हो भन्ने सन्देश विश्वभर नै प्रवाह गर्न कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घ तथा नेपाललाई माया गर्ने विदेशी नागरिकलाई आग्रह गरिएको छ ।” भूकम्पले भत्काएका पुरातात्विक महत्वका क्षेत्र, नयाँ पदयात्रा मार्गको खोजी, हिमाल पहाड र तराई नै पर्यटकीय गन्तव्य हो भन्ने अवधारणालाई कार्यक्रमका रुपमा लागू गरिएको छ । मन्त्री अधिकारीको दाबी छ “सन् २०२० मा २० लाख होइन, त्योभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आउँछन् ।” विगतका वर्षमा कति पर्यटक आए भन्ने तथ्याङ्क मात्रै राखिन्थ्यो । तर अब भने पर्यटन क्षेत्रबाट कूल गार्हस्थ्थ उत्पादनमा के कति योगदान पुग्यो भन्ने विषयलाई प्राथमिकतामा राखिने छ । काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा सहज आवागमनका लागि विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने, बत्तीको उचित प्रबन्ध गर्ने र खानपानको सहज व्यवस्था गर्ने योजना बनाइएको छ । छिमेकी मुलुक भारत र चीनबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउने गरी द्विपक्षीय तथा बहुपक्षीय सम्झौता भएको जानकारी दिँदै मन्त्री अधिकारीले अन्य मुलुकसँग उडान थप्न आग्रह गरिएको छ । त्यस्तो प्रक्रिया अन्य मुलुकसँग अगाडि बढाइनेछ । गुणस्तरीय पर्यटनलाई विशेष जोड दिइएको उल्लेख गर्दै उनले तत्काल बढी खर्च गर्ने पर्यटक ल्याउनेभन्दा त्यसमा सुधार गरिने छ भने । “सरकारको योजनाअनुसार काम हुनसके देशमा वार्षिक ५० लाख पर्यटक भित्र्याउन कुनै समस्या पर्दैन” मन्त्री अधिकारीले भने, “विदेश गएका धेरै युवालाई आफ्नै घरमा रोजगारी दिएर फर्काउन सकिन्छ ।” हालको तथ्याङ्कलाई विश्लेषण गर्दै आगामी दिनको सम्भावनालाई दृष्टिगत गरेर २० लाखको सीमा तय गरिएको मन्त्री अधिकारीको तर्क छ । “ आगामी दिनमा जहाजबाट आउने पर्यटक १५ लाखको हाराहारीमा हुनेछन, स्थलमार्गबाट आउने सङ्ख्या छ लाख नाघ्नेछ,” उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending