Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सप्तरीमा यस्तो पनि बिहे: दुलही भित्रिएपछि घरै खाली गरेर भागे

राजविराज । बिहेको तीन वर्षसम्म दुलहाले दुलही भित्र्याउन आनाकानी गरेपछि जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र नागरिक समाजका अगुवाले दुलहीलाई घर प्रवेश गराएका छन् । सप्तरीको राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका हुन् । अाजको अन्नपूर्णमा खबर छ-राजविराज नगरपालिकाको न्यायिक समितिबाट मंगलबार साहलाई पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी भएपछि उनलाई घर भित्र्याइएको हो। पटक–पटक घर भित्र्याउने समय दिँदै आएका राजीवले तीन वर्षसम्म दुलही बनाएर घर लान आनाकानी गरेपछि घरपरिवारको असहमतिमा दुलहीलाई घर प्रवेश गराइएको हो। लक्ष्मी आयुर्वेदिक औषधि पसल सञ्चालन गरी बसेका दास परिवारले दुलही भित्र्याउन अस्वीकार गरेपछि पछिल्लो समय दबाबमा परेका राजीब घर छाडेर सम्पर्क बाहिर छन्। तीन वर्षअघि प्रेमविवाह गरेका साह र दासले सप्तरी जिल्ला अदालतबाट ०७२ पुस २४ गते पति–पत्नीको नाताकायम समेत गरेका छन्। युवतीले सासु ५५ वर्षीय मन्जुदेवी साह र जेठाजु ३५ वर्षीय पंकज साहले ०७४ चैत २४ गते कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले राजविराज नगरपालिकाको न्यायिक समितिमा गत वैशाखमा उजुरी दिएकी थिइन्। आरोपित पंकज र मन्जुले भने विवाह भएको जानकारी आफूलाई नभएको र पीडितलाई घरमा राख्न आफू तयार नभएको बताउँदै आएका छन्। न्यायिक समितिका संयोजक एवं उपप्रमुख झा, अधिकारकर्मी र नागरिक समाजले मंगलबार राति १० बजेसम्म युवतीका सासु र जेठाजुलाई सम्झाए पनि बुहारी स्वीकार्न तयार नभएको वडाध्यक्ष समीर झाले बताए। बुहारी स्वीकार गर्न तयार नभएका सासू र जेठाजु राति कवितालाई घरमा छोडेर बाहिरिएका छन्। उनीहरुलाई सहमतिमा ल्याउन बुधबार दिनभरी जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि सहमति नजुटेको डीएसपी भावेश रिमालले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending