भक्तपुर । विसं २०७२ को भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि घर बनाउन दिएको अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव गैडाले लाभग्राहीको सूचीमा परेपनि अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको बताए । उनले भने “भूकम्पको लाभग्राही सूचीमा परेका तर पहिलो किस्ता पनि लिन नआएका र पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन नआएका लाभग्राहीको मङ्गलबारदेखि टोली खटाएर खोजी शुरु गरेका छाैं ।”
जिल्ला पुनःनिर्माण सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले चार निर्णय गरेसँगै टोली खटाएर हराएका लाभग्राही खोज्न थालिएको हो । प्रमुख गैडाले मङ्गलबारदेखि जिल्लाका चारै नगरपालिकाका वडा कार्यालयमा टोली पठाएको जानकारी दिए । खटिएका टोलीले वडामा लाभग्राहीको समस्या सुन्ने र समाधानबारे छलफल गर्ने, किस्ता लिन नआउनुको कारण पत्ता लगाउने, पहिलो किस्ता लिएकाले घर बनाउन शुरु गरे वा नगरेको जानकारी लिने र नगर्नेले किन नगरेका हुन् भन्ने विषयमा जानकारी लिनेछन् । भक्तपुरमा २८ हजार ३०२ लाभग्राही सङ्ख्या छ । तीमध्ये २३ हजार ५६६ लाभग्राहीले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । दोस्रो किस्ता लिनेमा चार हजार ३३८ र तेस्रो किस्ता लिनेमा तीन हजार ७२९ छन् । पहिलो किस्ता लिन नआउने चार हजार ७३८ छन् । पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन नआउने १९ हजार २२८ छन् । तेस्रो किस्ता लिनुपर्ने लाभग्राहीको सङ्ख्या २४ हजार ५७३ छ । जिसस प्रमुख गेलालले बताए “समस्या धेरै भएकाले त्यसको पहिचान गर्नु आवश्यक छ, सम्झौतापछि रकम लगेर काम शुरु नगर्ने र शुरु गरेका कति छन् तथा समस्या कसरी समाधान गर्ने भन्ने जानकारी लिन टोली परिचालन भएको हो ।” टोलीले वडा कार्यालयमा गएर जनप्रतिनिधीसँग समन्वय गरेर लाभग्राहीको खोजी गरे पनि निश्चित ठाउँ छुट्याएर घर÷घरमा गएर पनि यसबारे सर्वे गरिने भएको छ । समितिको बैठकले भूकम्प प्रभावित लाभग्राहीले २०७४ चैत मसान्तसम्म प्रथम किस्ता लिएकाले २०७५ असार मसान्तसम्म दोस्रो किस्ता र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने व्यवस्था छ । पुनःनिर्माणको अवस्थालाई हेरेर पहिलो किस्ता लिएकाले दोस्रो किस्ता पुससम्म र तेस्रो किस्ता २०७६ असारसम्म लिइसक्नुपर्ने नीतिगत व्यवस्था गरिदिन पुनःनिर्माण प्राधिकरणलाई अनुरोध गर्ने भएको छ । भक्तपुर नगरपालिका लगायतमा एउटै घरको तला तला वा कोठा कोठा लिएर छुट्टिएर भिन्नै बसेका तर नयाँ घर बनाउने अन्यत्र जग्गा नभएका एवं आर्थिक अवस्था कमजोर भएकाको हकमा एउटै घरमा तीन लाख खर्च नबढाई एउटै घरमा तला थपेर बनाउन अनुमति दिन अनुरोध गर्ने निर्णय प्राधिकरणलाई सिफारिस गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: