Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बलात्कृत भएर १ सय डलरमा बेचिएकी किशोरीको दर्दनाक व्यथा

इस्लामिक स्टेट (आईएस) लडाकु समूहद्वारा दासीको रूपमा बेचिएकी एक किशोरीले भागेर जर्मनी पुग्दा आफूलाई बन्धक बनाएकै व्यक्तिसँग त्यहाँको सडकमा जम्काभेट भएपछिको त्रासदी भएको बताएकि छिन् ।

आईएसका लडाकुले यजिदी समुदायको बहुल क्षेत्रसहित उत्तरी इराकमा कब्जा जमाउँदा अश्वाक १४ वर्षकी मात्र थिइन् । लडाकुहरूले हजारौं महिलासँगै अश्वाकलाई पनि यौनदासी बनाए र उनलाई एक सय डलरमा अबु हमाम नाम गरेका व्यक्तिसँग बेचिदिए । उनी बलात्कृत भइन्, पिटिइन अनि तीन महिनापछि भाग्न सफल भइन् । त्यसपछि उनी आफ्नी आमा र एकजना भाइसँग जर्मनी गइन् ।

\'परिवार छाडेँ, देश छाडेँ\'

केही महिनाअघि सुपरमार्केट बाहिरको बाटोमा कसैले आफूलाई बोलाएको उनले सुनिन् । अश्वाकले भनिन्, \"स्कुलबाट फर्किदैँ गर्दा एउटा कार मेरो छेउमा रोकियो । अगाडिको सिटमा बसेको मान्छेले जर्मन भाषामा मलाई \'तिमी अश्वाक हौं ?\' भनेर सोध्यो । म तर्सिएँ, काँपिरहेकी थिएँ । मैले \'होइन, तपाईँ को हो\' भनी सोधेँ ।\" उनका अनुसार त्यो मान्छेले जवाफ दियो, \"मलाई थाहा छ तिमी अश्वाक नै हौं र म अबु हमाम ।\"
त्यसपछि उक्त व्यक्तिले अरबी भाषामा आफूसँग झुटो नबोल्न आग्रह गरेको बताउँदै उनले सुनाइन्, \"उसले भन्यो, म तिमीलाई चिन्छु । र, तिमी कहाँ र कोसँग बस्छ्यौँ मलाई थाहा छ ।\" उनका अनुसार त्यो व्यक्तिसँग जर्मनीमा उनको दिनचर्याबारेको सबै जानकारी थियो । जर्मनीमा त्यस्तो देख्नु पर्ला भन्ने जीवनमा कहिल्यै नचिताएको उनले बताउँदै भनिन्, \"मैले पीडा र यातना बिर्सिन परिवार छाडेँ, देश छाडेँ र जर्मनी पुगेँ ।…..\" जीवनमा कहिल्यै नहोस् भनेर चिताएको कुरा भनेको मलाई बन्धक बनाएका व्यक्तिसँगको भेट र उसले मेरो बारेमा सबै थाहा पाउनु रहेको थियो ।

सिधै मुटुमा

जर्मनीका अभियोजनकर्ताका अनुसार अश्वाकले घटना भएको पाँच दिनपछि त्यसबारे प्रहरीमा उजुरी दिइन् । इराकमा आफूले भोगेको दर्दनाक अनुभवसहित सबै कुरा अनुसन्धानकर्तालाई बताएको उनले जानकारी दिइन् । प्रहरीलाई सुपरमार्केटको सीसीटिभीको फुटेज हेर्न आफूले आग्रह गरेपनि त्यसो नभएको उनको भनाइ छ । उनले भनिन्, \"मैले पूरै महिना पर्खिएँ, तर कुनै खबर पाइनँ ।\" उनी नयाँ जीवन सुरु गर्ने आशामा जर्मनीको पूर्वी शहर पुगेकी थिइन् । तर त्यो घटनापछि उनी आफूलाई कब्जामा राखेका व्यक्तिसँग पुन: भेट हुनसक्ने त्रासकाबीच र आईएसबाट उद्धार गरिएका आफ्ना चारजना दिदीबहिनीहरूसँग पुनर्मिलनको आशाका साथ फेरि उत्तरी इराक फर्किइन् ।

उस्तै व्यथा

उनले भनिन्, \"यदि तपाईँले त्यस्तो भोग्नु भएको छैन भने तपाईँलाई त्यो के हो भन्ने थाहा नै हुँदैन ।…त्यो त सिधै मुटुमा पुग्छ। जब आईएसबाट कुनै केटी बलात्कृत हुन्छे, उसलाई त्यो मानिस फेरि देख्दा कस्तो हुन्छ भन्ने तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न ।\" जर्मनीको एउटा अदालतका प्रवक्ताले पहिचान गर्ने विद्युतीय प्रविधि र अश्वाकको वयानका आधारमा अबु हमामको पत्तो लगाउन प्रहरीले सबै प्रयास गरेको तर विफल भएको बताए । जुन महिनामा उनीहरूले अनुसन्धानको सिलसिलामा फेरी जुन महिनामा अश्वाकलाई सम्पर्क गरे, त्यतिबेला उनी इराक गइसकेकी थिइन् । जर्मनीमा अभियानकर्मीले उक्त घटना ओझेलमा पर्न नसक्ने बताएका छन् । अश्वाकले आफ्नो जस्तै जिहादीको कब्जाबाट भागेका अन्य यजिदी युवतीहरूले भोगेको व्यथाबारे आफू जानकार रहेको बताएकी छन् । जबकी सबै घटनाहरू अधिकारीहरूसम्म पुगेका छैनन् ।

\'जर्मनी कहिल्यै जान्नँ\'

कुर्दिस्तानमा अहिले यजिदी शिविरमा बसिरहेकी अश्वाक आफ्नो अध्ययनलाई अझैं निरन्तरता दिन चाहन्छिन । उनी र उनको परिवारले पनि देश छाड्न चाहन्छन् । अश्वाकका बुवाले भने, \"हामी आईएसका मानिसहरूबाट त्रस्त छौं ।\" तर जर्मनीमा भोगेको अनुभवले अश्वाकमा गम्भीर असर परेको छ । उनी भन्छिन्, \"संसार नै तहसनहस भयो भनेपनि म फेरि जर्मनी जान्नँ ।\" अन्य यजिदीहरूजस्तै उनको परिवारले पनि \'आईएसद्वारा कब्जामा परेका महिलाहरूको निम्ति विशेष कार्यक्रम\' अन्तर्गत अष्ट्रेलियामा बस्न आवेदन दिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending