Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेकपाको मजदुर संगठनको एकता अझै ३ महिना लाग्ने, अन्य संगठनको कहिले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भएपनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) बीच एकता हुन अझै तीन महिना लाग्ने छ । नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्ने गरी निर्देशन दिएको थियो । जिफन्टका १८ र अन्टुफको २५ साना सङ्गठनबीच एकता गर्नुपर्नेछ । एकता कानूनी प्रक्रियामार्फत गर्नुपर्ने भएकोले लम्बिने भएको जिफन्टका अध्यक्ष तथा मजदूर एकता कार्यदलका सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।

अन्य भ्रातृसङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ घटक सङ्गठनको एकता गर्न छलफल चलाइरहेको छ । उहाँले साना सङ्गठन एकता गर्न दर्ता खारेज गर्दै पुनः दर्ता गदै एकता गर्ने बताए ।

सङ्गठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकोले ती सङ्गठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरी दर्ता गर्नुपर्ने भएकोले ती दुई मजदूर सङ्गठनको एकता प्रक्रिया लम्बिने देखिएको हो । “पार्टीका अन्य भ्रातृ सङ्गठन जस्तो विधान र राजनीतिक कुरा मिलाएर मात्र हामी बीचको एकता हुने होइन” कार्यदलका सदस्य श्रेष्ठले भने ‘‘हामी कानूनअनुसार सरकारी कार्यालयमा दर्ता भएकाले सोही अनुसार एकता प्रक्रियामा जान्छौ ।’’

दुई मजदूर सङ्गठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । समितिले साना घटक सङ्गठन एकता गर्दै जिफन्ट र अन्टुफ बीच एकता गर्ने छ । जिफन्टका अध्यक्ष श्रेष्ठले जिफन्ट र अन्टुफकाबीच एकता गर्न साना घटक २२ बनाउने सहमति भएको बताए । २२ साना घटक संगठनको पहिले एकता गर्ने कार्यदलको योजना छ । ती घटकको फरक/फरक एकता उपसमिति गठन गरेर एकता गर्ने छन् । उपसमितिले दुई महिनाभित्र एकता गर्न प्रतिवेदन बुझाएपछि कार्यदलले ती घटकको एकता गर्ने छ । त्यसपछि मात्र जिफन्ट र अन्टुफबीच एकता हुनेछ ।

अहिले नेकपाका युवा, विद्यार्थी, महिला, उद्योग, खेलकूद जस्ता सङ्गठन एकताको अन्तिम चरणमा छन् । उनले अबको एक हप्ताभित्र साना सङ्गठन एकता गर्न समिति गठन गरिने जानकारी गराए । मजदूर सङ्गठनको एकताको कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी रहेका छन् । कार्यदलका अर्का सदस्य रेग्मीले जिफन्ट र अन्टुफबीचको एकता छलफलमा नै प्रवेश नगरेको बताए । ‘‘अहिले हामी साना मजदूर सङ्गठनको एकतामा केन्द्रीत भएका छौं’’ उनले भने ‘‘ती साना मजदूर सङ्गठनको एकता भएपछि मात्र हामी जिफन्ट र अन्टुफबीच एकता गर्दछौ ।’’ एकताका लागि अझै तीन महिना लाग्ने भएकोले सङ्गठनको नाम के राख्ने र कसको नेतृत्व हुने समेत चर्चा गरिएको छैन । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending