डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भएपनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउछिन् । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बाल मन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताए । जिल्लाका धेरैजसो ग्रमीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ ।
पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असिग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई/तीनजना विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् । यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक, शुरतबहादुर रावल बताउनुहुन्छ । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: