Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा

नवलपुर। वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् । नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउछन् । उनी भन्छन्, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’ आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताउए । अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्पm बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाए । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उनले बताए । बाढीको त्रासले वर्षात्को समयमा पूर्वसूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उनको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएकोे अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गरे । माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहेकी उनी भन्छिन्, “उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ । भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउछन् । पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको वस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ । यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए । गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गरे । उनले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अर्बांै रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि सङ्घ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्पm प्रदेश सरकार लाग्नेछ । नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्पm प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउछन् । कावासोती नगरपालिका वडा नं ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उनी भन्छन् , “नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।” नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्पmको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा सङ्घीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending