Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यसकारण किसानमैत्री बन्न सकेन कृषि विकास बैंक

\"\"काठमाडौँ । कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४/७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा रु २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो । जबकी बैंकले यसवर्ष रु पाँच अर्ब ५५ करोड ५७ लाख मुनाफा आर्जन गरेको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । चियाको हरियो पत्ती बिक्रीबाट किसानले रु एक अर्ब ७४ करोड २५ लाख १५ हजार ३६५ आम्दानी गरेका छन् । सिङ्गो एक बैंकले आर्जन गरेको मुनाफाभन्दा सो आम्दानी २१८ दशमलब ८३ प्रतिशतले कम हो । जबकी कूल खेती गरिएको जमीनमध्ये १२ हजार ६७ हेक्टर जमीनमा चियाखेती गरिन्छ । यो कूल खेती गरिएको जमीनको शून्य दशमलब ३९ प्रतिशत हो । खेतीयोग्य जमीनमध्ये हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा खेती गरिएको छ । १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । कूल खेतीयोग्य जमीन ४१ लाख २१ हजार हेक्टर हो । खेती गरिएको जमीनमध्ये शून्य दशमलब ३९ प्रतिशत चिया खेतीमा प्रत्यक्ष तथा अप्रत्यक्ष झण्डै १५ लाख व्यक्ति रोजगारमा आबद्ध रहेको नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ मा उल्लेख छ । १५ लाख हाराहारीमा रोजगार प्राप्त सो क्षेत्रमा कृषि विकास बैंकको जम्मा रु २१ करोड ३० लाख लगानी हुनुले कृषि विकास बैंक कृषिमैत्री बन्न नसकेको हो । रु एक अर्ब ७४ करोड २५ लाख १५ हजार ३६५ आर्जन गर्न १८ हजार १०० किसान चिया उत्पादनमा अहोरात्र खटेको पाइन्छ । हरेक नेपालीका भान्सामा दैनिक अनिवार्य पाक्ने दुई वस्तु चामल र चियामध्ये चिया अनिवार्य र सत्कारको वस्तु हो । चियामा बैंकले गरेको लगानी दामासाहीले १८ हजार १०० किसानलाई भाग लगाउँदा एक किसानको हातमा औसत जम्मा रु ११ हजार ७६७ ऋण लिएको देखिन्छ । माथिको तथ्यांकले नेपाली किसान व्यवसाय गर्न इच्छुक छन् तर जीवन धान्न र परम्परालाई थेग्नमात्र हो, भन्ने प्रमाणित हुन्छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको सो सर्वेक्षणममा ६४ दशमलब ४ प्रतिशत चिया उत्पादक किसानले जीवन धान्न चियाखेती अङ्गालेको उल्लेख छ । सर्वेक्षणले पाँच प्रतिशत किसान ऋण लिन बैंकको पहुँचमा पुगेको देखाएको छ । चिया तथा कफी विकास बोर्डका निर्देशक शेषकान्त गौतमले बैंकबाट ऋण प्राप्त गर्न किसानले ठूलै कसरत गर्नुपर्ने बताउछन् । सजिलै ऋण पाए आफू व्यावसायिक चिया खेतीमा लाग्ने किसानको संख्या भने ९५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । ४८ प्रतिशत किसानले विभिन्न सहकारी संस्थाले तोकेको चर्को ब्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । “चियाखेती मेरो जीवनको आधार हो, भन्ने किसानलाई पनि बैंकले राम्रो धितो नभई लगानी गरेको पाइँदैन । खेतीपाती गरिएको जमीन धितो राखेर भन्दा शहर बजारको जग्गा वा पक्की घर धितो दिनेलाई बैंकले सजिलै ऋण लगानी गरेको गुनासो गर्छन् चिया उत्पादक किसान हरेराम सुवेदी । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी पनि कृषि विकास बैंकले साना किसानलाई आवश्यकताका आधारमा ऋण लगानी नगरेकामा चिन्ता व्यक्त गर्छन् । लगानीबिना उत्पादन बढ्न सक्दैन । उत्पादन नबढे कर सङ्कलनमा वृद्धि हुँदैन । करको दायर बढाउनसमेत कृषि विकास बैंकले साना किसानको लगानीमा वृद्धि गर्नु पर्दथ्यो । तर, सर्वेक्षणमा कृषि विकास बैंकको लगानी खुम्चिएको देखिन्छ । सर्वेक्षणले ४ दशमलब ५ प्रतिशत किसानले मात्र चियाखेती व्यवसाय दर्ता गरी सञ्चालनमा ल्याएको उल्लेख छ । बाँकी ९५ दशमलब ५ प्रतिशत किसान करको दायरा भन्दा बाहिर छन् । अर्थात १८ हजार १०० मा ४ दशमलब ५ प्रतिशत वा ८१४ जनाले मात्र कर तिरेर चियाखेती व्यवसाय सञ्चालन गरेका छन् भने चियाखेती गर्ने १७ हजार २८५ किसानले बैंकबाट ऋण प्राप्त गरेका छैनन् भने अर्कातर्फ उनीहरु करको दायरबाट बाहिर छन् । कृषि विकास बैंकसँग ऋण प्राप्त गर्न आन्तरिक राजश्व कार्यालयमा आन्तरिक लेखा नम्बर९प्यान० दर्ता गर्नुपर्छ । दर्ता भएपछि आयकार ९आम्दानी कर० अनिवार्य तिर्नुपर्छ । तर, ऋण लिन चाहेर पनि लगानी गर्ने निकायले लगानी नगरिदिँदा करको दायरा पनि खुम्चिदै गएको हो । सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहेको कृषि विकास बैँक ‘किसानमैत्री’ हुन नसक्दा दिगो कृषि विकासमासमेत समस्या उत्पन्न भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: