Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

स्वच्छ खानेपानीमा सहज पहुँचको सुनिश्चितता गर्ने मन्त्री मगरकाे प्रतिबद्वता

पोखरा। खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आम नागरिकलाई स्वच्छ खानेपानीमा सहज पहुँचको लागि आफूले दीर्घकालीन योजना बनाई काम गरिरहेको बताइएकी छन् । शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा पोखरा महानगर पालिका, नेपाल खानेपानी संस्थान पोखरा र पोखरा उद्योग बाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको शवदाह गृह हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘स्वचछ खानेपानीमा पहुँचको सुनिश्चिततासहित कार्यक्रम अगाडि बढाएका छौं ।’ स्वस्थ र स्वच्छ खानेपानी जनताको मौलिक अधिकारमा अहिलेको संविधानमा उल्लेख छ । खानेपानी मन्त्रालय जनताको मौलिकअधिकार कार्यान्वयन गर्ने हेतुसहित दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढीरहेको मन्त्री मगरले स्पष्ट पारिन । ‘भर्खरै जापान सरकारको सहयोगमा जाइकाले ट्रिटमेन्ट प्लाण्ट आयोजना बनाउनेदेखि अन्य कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।’, मन्त्री मगरले भनिन्, ‘जाइकाले बनाउन ट्रिटमेन्ट प्लाण्टले मात्रै पोखरावासीको खानेपानीको समस्या समाधन हुँदैन । त्यही भएर हामीले अन्य आयोजनाका लागि पनि छलफल र तयारी गरिरहेका छौं ।’ खानेपानी मन्त्रालयल भोलिका दिनमा पोखरावासीलाई स्वच्छ खानेपानीको ग्यारेण्टीसहित दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता पनि सो अवसरमा मन्त्री मगरले व्यक्त गरिन । पोखरा महानगर, खानेपानी संस्थान र पोखरा उद्योग बाणिज्य संघको शवदाह निर्माण कार्यको प्रंशासा गर्दै मन्त्री मगरले भनिन, ‘महानगरपालिका, खानेपानी संस्था र उद्योग बाणिज्य संघको सहकार्यमा जुन नवीन काम भयो, यो नवीन कार्य सम्पन्न गर्न सम्पूर्ण टीमलाई म विशेष धन्यवाद दिन चाहान्छु । नदीमा शवदाह गर्ने र उही नदीको पानी खाने पर्ने समस्याबाट केही हदसम्म पोखरा वासीले अब राहत पाउनुहुने छ ।’ हामीले मौलिक अधिकारको रुपमा स्वच्छ र स्वस्थ खानेपानीको विषय उठाइरहँदा निकै ठूलो चुनौति देखिएका छन तर आफू ती चुनौतिलाई पार गर्दै आम नागरिकलाई स्वच्छ खानेपानीमा सहच पहुँच पुर्याउने कर्तव्यबाट पछि नहट्ने उनले बताइन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: