Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

विद्यार्थीहरुद्वारा गृहमन्त्री बादल सम्मानित

चितवन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा (बादल) लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक र विद्यार्थीले उनलाई सम्मान गरेका हुन । शुक्रबार गृहमन्त्री थापालाई संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका बचि सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका थापा मुलुकको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको भन्दै उनीहरुले सम्मान गरेको हुन् । कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजी क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नीति निर्माणका लागि पहल गर्नसमेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको कृषि विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले समाजवादी शिक्षा लागु गर्न सरकार अग्रसर भएको बताए। शिक्षामा अहिले अप्लसंख्यक पुँजीवादीको हावी भएको भन्दै उनले भने। ‘बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।’ सरकारले शिक्षामा निजी र सिन्डिकेटको अन्त्य गर्दै समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षामा पूजीपतिको दवदवा अत्न्य गराएरै छाड्ने प्रतिवद्धता जनाए । उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएको भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीरमा छलफलमा रहेको समेत बताए । शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रपतवद्धता समेत व्यक्त गरेका थिए । सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्तप्रकाश सुवेदी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आरके भट्टले कृषि विश्वविद्यालयको विकासका लागि ८ निजी कलेजको सम्बन्धन खारेज गरेकोमा सरकारलाई धन्यवाद दिदै अबका दिनमा कुनैपनि हालतमा निजीलाई सम्बन्ध दिन नहुने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: