Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बारपाक र बाबुराम दुबैले आँसु झारेपछि...

बारपाक, गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित कला–संस्कृति र एकताको प्रतीक बारपाक बस्ती । जुन बस्तीको सुन्दरताको जति बयान गरे पनि पुग्दैन । त्यसैलाई वैशाख १२ गतेको विनाशकारी भूकम्पले केन्द्रविन्दु बनाएर निमेषभरमै ध्वस्त मात्रै बनाएन, ७० जनाको ज्यान पनि लियोे र बाँकी रहेका घर–बस्तीहरु पनि त्यसपछिका पराकम्पनहरुले क्षतबिक्षत बनाए । त्यसैको शिकार भएर सयौं परिवार घरवारबिहीन भए भने हजारौं मानिसहरु घाइते भए । \"Baburam त्यही घाउमा मल्हम लगाउन र ध्वस्त संरचनाको पुनः निमार्णको रेखा कोर्न भूकम्प गएको करिब एक महिनापछि पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई भूगर्भविद् डा. डीपी अधिकारीको टोली र पार्टीनेता जनार्दन शर्मा ‘प्रभाकर’ सहित सुन्दरवस्ती बारपाक पुगे । विनाशकारी भूकम्पपछि विभिन्न प्रभावित जिल्लाहरुमा गएर निरीक्षण तथा पुनर्वासको लागि पहल गरिरहेका भट्टराई पार्टीको राष्ट्रिय श्रम अभियान २०७२ को उद्घाटन तथा पर्यटकीय क्षेत्र बारपाक र लाप्राकको भौगोलिक बनोट र पुनर्वासका लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न बुधबार बारपाक पुगेका थिए । \"Baburam विभिन्न स्थानको दौडधुपले थकित देखिएका भट्टराई कर्णाली राजमार्गभन्दा पनि बिकटजस्तो देखिने सडकयात्रामा खतरा मोलेरै आफ्ना सहयोगी, पार्टी नेता प्रभाकर र सुरक्षाकर्मीका साथ भूकम्पको केन्द्रविन्दु बारपाक पुगेका थिए । पृथ्वी राजमार्गको आँबु खैरेनी हुँदै गोरखा जिल्ला सदरमुकाम जाने पक्की सडकको केहि भाग हिँडेपछि आउँछ दरौंदी किनारको छेउ । त्यहि किनारमा अवस्थीत छोप्राकको चोरकाटेमा एक स्थानीय विद्यालयलाई चिनियाँ सहयोगमा एउटा टेन्ट निर्माण गरिदिँदै बाँकी समग्री विद्यालयलाई नै हस्तान्तरण गरे पछि सुरु हुन्छ कच्ची बाटोको यात्रा । \"Baburamकच्ची सडकमा गाडिको डरलाग्दो उफ्राई संगै अगाडी बढ्दा बारपाकको फेदी दरौंदी किनारको विभत्स बालुवा बजारमा पुगिन्छ । त्यसलाई छोड्दै उकालो लागेको केहि समय पछि आउँछ भूकम्पको मुख्य केन्द्रविन्दु, मान्द्रा । मिनि बारपाक जस्तो देखिने मान्द्राको अवलोकन गरिरहेकै बेला ललितपुरलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको पराकम्पन आउँछ । ‘कस्तो संयोग ! महाभूकम्पको मुख्य केन्द्रविन्दु रहेको बारपाकको मान्द्रेमा उभिरहेकै बेला भूकम्प/पराकम्पनको अर्को झट्का !’ सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित पोष्टेर त्यसको जानकारी गराए भट्टराईले । \"Baburamस्थानीय पाटी नेता र कार्यकर्ताले विनाशकारी भूकम्पको पिडालाई बिर्सिएर बारपाकमा स्वागत गरे भट्टराईलाई । उनले चिरिएका पहाड, भत्किएका बस्ती अनि खण्डहर बनेको बारपाकको अवलोकन गरिसकेपछि आफैं पनि आर्किटेक्ट भएको नाताले केहि कच्ची ठाउँबाहेक बस्ती बसाउन त्यति धेरै खतरा नभएको बताए । ‘मुख्य प्राचिन बस्ती बारपाकलाई पुरानै ठाउँमा पुरानै सांस्कृतिक शैलीमा तर आधुनिक र सुरक्षित प्रविधिका साथ पुनःनिमार्ण गरियोस्’ भट्टराईले भने – ‘ताकि गुरुङ/घले बस्ती बारपाक विश्वव्यापी पर्यटनको केन्द्र बन्न सकोस् ।’ \"Baburamत्यहिँ ठाउँमा छोरी मानुषीलगायत पाँचजना इन्जिनियर युवा स्वयंसेवकले बनाएको सुरुङ आवासको अवलोकन गरेपछि उनले सबै गाउँवासीलाई अस्थाई रुपमा बसोवासका लागि यो निकै उपयोगी हुने र यसलाई अनुसरण गर्न पनि उनले आग्रह गरे । त्यसपछि भटट्राईले बारपाकको छिमेकी गाविस लाप्राक पुगेर स्थानीयवासी सँग अन्र्तक्रिया गरे । अन्र्तक्रियामा लाप्राकबासीले आँशु बगाएर भट्टराईसँग आफ्नो बासस्थान नरहेको र आशा पनि नरहेको गुनासो गरे । लाप्राकबासीले आफ्नो पहिचान नगुम्ने गरि सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाईदिन आग्रह गरेपछि त्यसका लागि आफूले पहल गर्ने आश्वासन उनले स्थानीयलाई दिए र आत्मबल कमजोर नबनाउन ढाडस दिए । तर बारपाकको अवस्था हेरेपछि बाबुराम स्वयंमको आँखामा आँसु टिलपिलाएको थियो । \"Baburamलाप्राकासम्म पुगेपछि भावुक बनेर फर्किएका भट्टराईले आफ्नो जन्मस्थान खोप्लाङ पुगेर आफूले पढाई सुचारु गरेको विन्ध्यवासिनी निमावि खोप्लाङमा स्थानीयसँग छलफल गरे । तत्कालको लागि अस्थाई टहरा बनाएर बस्न आग्रह गर्दै उनले गाउँको नक्सा आफैंले कोरेर नमुना गाउँ निर्माण गर्ने प्रतिबद्धता गरे । \"Baburamपार्टीले सुरु गरेको श्रम परिचालन अभियान २०७२ को उद्घाटन गर्न सदरमुकाम नजिकैको अमराई गाविसमा पुगेका भट्टराईले भत्किएको श्री शिवशक्ति प्राविमा केही घण्टा श्रमदानसमेत गरे । पार्टीको जिल्ला तहका नेता, सभासद् तथा कार्यकर्ताहरुको उपस्थितीमा उनले आधामात्रै भत्किएको विद्यालयको भवनलाई भत्काएर ढुंगा पन्छाउँदै करिब दुइ घण्टा असिन पसिन हुँदै श्रमदान गरे । नेता प्रभाकर केही हप्ता श्रमदान अभियानमा पार्टी परिचालनका लागि उतै रहने भए पछि उनी त्यहाँबाट राजधानी फर्किए । \"Baburamफर्किने क्रममा भट्टराईले गोरखा नगरपालिकाको कुन्दूरटारस्थित महेन्द्र उमाविमा राहत पर्खिएर बसिरहेका भूकम्प पीडितहरुलाई सम्बोधन गरे । विपदको बेलामा नआत्तिन आग्रह गर्दै सधैं राहतको आश गरेर नबस्न उनले आग्रहसमेत गरे । ‘हामीलाई दुःख परेको छ, यस्तो बेलामा तपाईंहरु नआत्तिनु होला,’ उनले भने – ‘आत्मबल बढाएर सबै मिलेर काम गरौं, हामी पहिलेको भन्दा सुन्दर गाउँ बनाउन सक्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies