Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

फुटबल खेलाडीमा घातक मुटुरोग सोचेभन्दा बढी

फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन् । मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही रोगको कुनै लक्षण नै हुँदैन । तिनमा एक्कासि हृदयाघात हुन्छ । अधिक शारीरिक अभ्यास, उच्च एड्रिनलिन तथा डिहाइड्रेशन अर्थात् शरीरबाट पानी कम हुनु सबै सम्भावित जोखिमका कारक हुन्। यस्तो जोखिम कम उमेरका खेलाडी तथा पहिलेदेखि नै कुनै मुटु रोग भइसकेकाहरूलाई अझ धेरै हुने बताइन्छ । बीस वर्षसम्म लगाएर ब्रिटेनका ११ हजार फुटबल खेलाडीहरूमा गरिएको उक्त अध्ययनले एक लाख खेलाडीमध्ये सात जनाको निधन मुटुको चाल बन्द भएर हुने गरेको देखाएको छ । यसअघि प्रति एक लाख खेलाडी दुई जनाको त्यसरी ज्यान जान्छ भन्ने आकलन गरिएको थियो । केही चर्चित खेलाडीको मृत्यु भएका उदाहरण छन् । क्यामेरुनका लागि खेल्दै गर्दा २८ वर्षीय मार्क भिभियाँ फोए को ज्यान सन् २००३ मा गएको थियो भने स्पर्सका प्रशिक्षक रहेका ४४ वर्षीय इङ्ग्ल्यान्डका पूर्वरक्षक उगो एहिओगको निधन गत वर्ष भएको थियो । चिकित्सकहरूका अनुसार खेलाडीहरूको जीवन रक्षा गर्नु सबैको कर्तव्य हो। लन्डन विश्वविद्यालयमा गरिएको सो अध्ययनको नेतृत्व गरेका मुटुरोग विशेषज्ञ प्राध्यापक सञ्जय शर्मा भन्छन्, \'हामीले सोचेको भन्दा धेरै मृत्युदर रहेको तथ्यप्रति हामीले आँखा खोल्नुपर्छ। हुन त अझै पनि सङ्ख्यात्मक रूपमा यी दुर्लभै हुन्।\' बीस वर्षको परीक्षणका क्रममा फुटबल एकेडेमीमा खेल्न आएकामध्ये ४२ जना जोखिममा रहेको पत्ता लागेको थियो। ती जोखिमको उपचार भनेको शल्यक्रिया वा औषधिसेवन हो। त्यसो गरेपछि ३० जनाले आफ्नो खेल जारी राखे भने बाँकीलाई प्रतिस्पर्धात्मक खेल नखेल्न भनियो। तर त्यो परीक्षणले सबै जोखिममा परेकाहरू पत्ता लागिहाल्छ भन्ने होइन। उदाहरणका लागि बोल्टन क्लबका खेलाडी फ्याब्रिस मुआम्बालाई परीक्षण गर्दा केही समस्या नदेखिए पनि एक एफए खेलका बेला उनको मुटु बन्द भयो र उनी ढले। तर उनलाई पछि उपचार गर्न सकियो। चिकित्सकहरूका मुआम्बाको मुटु ७८ मिनेट बन्द भएको थियो फुटबल सङ्घ एफएका अनुसार उससँग मुटुको रोग पत्ता लगाउने विस्तृत कार्यक्रम रहेको छ। क्लबहरूका चिकित्सकीय टोलीलाई आपत्कालीन प्रशिक्षण पनि दिन सकिने उसले जनाएको छ। एफएका एक प्रवक्ताले भने, \'फुटबल खेल्नुको धेरै फाइदा हुन्छ। तर हामीलाई थाहा छ थोरै सङ्ख्याका केही मानिसहरूलाई भने कडा अभ्यासले हुने मुटुसम्बन्धी जोखिम अलि बढी हुनसक्छ। त्यसैले हामीले यो कार्यक्रम ल्याएका हौँ।\'
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies