Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

तीन करोडको लागतमा धर्मशाला निर्माण

कञ्चनपुर । भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले रु तीन करोडको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ । मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको हो । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको धर्मशालामा दर्शनार्थी बस्नका लागि ११ कोठा, एक हल, शौचालय र स्नान घर निर्माण गरिएको छ । प्राचीन सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको रकम सङ्कलन गरी धर्मशाला निर्माण गरिएको समितिको कार्यालय प्रमुख गोविन्द महताले बताए । धर्मशाला निर्माणको सबै कार्य यस वर्ष पूरा हुने उनको भनाइ छ । आर्यघाटका लागि जग्गा दान  मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायः जसो जग्गादान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्रअन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् । पुनर्वास नगरपालिका–१० विकास बस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करीब रु सात लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गरेका छन् । देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब ३०० जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ । आर्यघाट निर्माण भएपछि पुनर्वासका वडा नं १ देखि ११ सम्म का स्थानीय लाभान्वित भएका छन् । आर्यघाटका लागि नगरवासी जनताले नगरपालिकामा समेत बारम्बार गुहार लाउँदै आइरहेका थिए । कामचलाउ आर्यघाटका रूपमा प्रयोग हुँदै आएको वडा नं १० स्थित दोंदा नदीको किनारमा रहेको देउवा परिवारको जग्गा उपलब्ध गराइदिन केही समाजसेवीले अनुरोध गरेपछि मीनबहादुर देउवाको नाउँमा रहेको पाँच कट्ठा जग्गा प्राप्त गर्न सकिएको कुरा समाजसेवी छविलाल खनियाले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending