Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निर्दयी अामा, जसले छोरी जन्माउने बित्तिकै मारिन्

[caption id=\"attachment_124111\" align=\"alignleft\" width=\"640\"]\"\" फाइल फोटो[/caption] लमजुङ । दुधपोखरी गाउँपालिका भुम्लीचोककी एक महिलाले जन्माउने वित्तिकै छोरीको हत्या गरेकी छन् । दुधपोखरी-२ भुम्लीचोककी ४५ वर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा  परियारले अभियोग स्वीकार गरेकी छन् । साउन १८ गते शुक्रबार अपरान्ह ४ बजेतिर परियारले आफैंले जन्माएको नवजात शिशुको घाँटी निमोठेर \'हत्या\' गरेको प्रारम्भिक बयानमा खुलेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । शिशुलाई प्लाष्टिकमा बेरेर शौचालयभित्र झुण्ड्याएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफैंले जन्माएको शिशुको घाँटी निमोठेर प्लाष्टिकमा बेरी शौचालयमा झुन्ड्याएको स्वीकारेकी छन् । पति जीतबहादुर परियारको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । सोमबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । परियारका १ छोरा र ५ छोरी छन् । स्रोतका अनुसार ती महिलाले \'अवैध\' रुपमा शिशुलाई जन्म दिएकी थिइन् । जन्मिनेवित्तिकै लिंग पहिचान भएपछि  उक्त घटना घटेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending