Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बोक्सी आरोप प्रकरण : ज्यान जोगाउन भागेर सदरमुकाम

गोरखा । सुरक्षा दिन गएको प्रहरीसमेत कुटाइ खाएर फर्किएपछि बोक्सी आरोप खेपिरहेका कासीगाउँका काली गुरुङको परिवार भागेर सदरमुकाम आइपुगेको छ। बोक्सी आरोपमा निर्घात कुटाइ खाएकी काली गुरुङ, उनकी छोरी मीनकुमारी गुरुङ र सूचना गुरुङ काखे बालबालिका च्यापेर सोमबार अबेर गोरखा सदरमुकाम आइपुगेका हुन्। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - बर्खाका बेला भेलबाढी तर्न नसकी–नसकी दुई दिनको पैदल बाटो हिँडेर सदरमुकाम आइपुगेको मीनकुमारीले बताइन्। उनीहरूमाथि शनिबार गाउँलेले निर्घात कुटपिट गरेका थिए। ‘गाउँले सबै धुरिएर शनिबार दिनभरि कुटे। हामीलाई जोगाउन गएको प्रहरीले पनि कुटाइ खाए। छुट्याउन खोज्दा वडा सदस्यले पनि कुटाइ खाए’, घाइते गुरुङले भनिन्, ‘घरमा बसे घरमै आगो लाइदिने भने। गाउँलेले काट्नुपर्छ,, मार्नुपर्छ, झुन्ड्याउनुपर्छ, मारेर गाड्नुपर्छ, घरमा आगो लाइदिनुपर्छ भने। बस्न नसक्ने भएपछि आइतबार बिहान झिसमिसेमै निस्केर भागेका हौं।’ कीरा फट्याङ्ग्रा पनि मार्न नसक्ने आफूहरूलाई बोक्सी लागेर मान्छे मारेको आरोप लगाएको उनीहरूको गुनासो छ। ‘हामी बोक्सी होइनौं भनेर पुरानो चलनअनुसार कालो कुखुराको रगतको टीका लगाएर छोराछोरी काखमा लिएर धर्म भाक्यौं, तैपनि काट्नेमार्ने, जलाइदिने भनेपछि भागेर आयौं’, उनले भनिन्। कुटाइबाट आमा र बहिनीको तुलनामा मीनकुमारी बढी घाइते छिन्। ‘चार जना महिला आएर कपाल समातेर रिँगाएर ढुंगा ओछ्याएको आँगनमा पछारे’, उनले भनिन्, ‘त्यसपछि कतिले कुटे भनिसाध्य छैन।’ किन गाउँलेलाई खाएको भनेर कुटेको उनी बताउँछिन्। ‘कसैको टाउको दुख्यो भने पनि हामीलाई नै दोष, कसैको खुट्टा दुख्यो भने पनि हामीलाई नै दोष, रुघा, पखाला लागे पनि हामीलाई दोष आउँछ’, उनले भनिन्, ‘हामी त गाउँको रोग जस्तो भयौं। गाउँका केटाकेटीलाई पनि हाम्रा छोराछोरीसँग खेल्न दिँदैनन्।’ आफूहरू भागेर गोरखा बजार आए पनि घर जलाइदिने भनेर डरत्रास देखाएको उनले बताइन्। हिउँदको तुलनामा बर्खामा बढी आरोप आउने गरेको छोरी सूचनाको गुनासो छ। ‘हिउँदमा खासै आरोप खेप्नुपर्दैन’, महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी उनी भन्छिन्, ‘जब बर्खा लाग्छ, गाउँमा धेरै रोग फैलिन्छ, मान्छे धेरै बिरामी हुन्छन्, अनि हामीले बोक्सीको दोष खानुपर्छ।’ आरोपितहरूलाई शनिबार गाउँले धुरिएर कुटेका छन्। विवाद मिलाउन गएका प्रहरीसमेत गाउँलेको निसानामा परेका थिए। बैठकमा नआए १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ भन्ने चेतावनी दिएर गाउँमा कचहरी गरिएको र त्यहीँ कुटपिट गरिएको उनको भनाइ छ। ‘बैठकमा आएनौ भने १० हजार रुपैयाँ तिर्नुपर्छ भनेर बोलाए’, सूचनाले भनिन्, ‘अनि हामी जानेबित्तिकै बोक्सी, डंकिनीहरू भनेर मुखमा थुक्न आए। अनि मार्दिनुपर्छ भनेर गाउँलेले नै ताली बजाए। पहिले मीनमाया घले र ठूली गुरुङले हात हाले अनि सबै गुटुटुटु आएर कुटपिट गरे।’ मामा, भेना, स्कुलका अध्यक्ष र एउटा दाइले छुट्टाएर धन्नले बचाएको उनले बताइन्। आफन्तको फोन उठाउनसमेत नदिइएको उनको गुनासो छ। बोक्सी लागेर मारेको र मृतकको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको भन्दै भीम गुरुङको लास चिरेपछि धार्चे–६ कासीगाउँमा तनाव भएको हो। तनाव साम्य पार्न पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २९ जनाको टोली समस्या समाधान गर्न नसकी आइतबार फर्किएको छ। ‘आरुघाटमा बसेर निगरानी गर्ने भनेर फर्काइएको हो’, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘वडाध्यक्षलाई गाउँको अवस्था साम्य पार्न आग्रह गरेका छौं। कानुनी कुरा हामी गर्नेछौं।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: