Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

'होमवर्क' गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार

काठमाडाैं । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् । उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए । ‘आफूले दु:ख पाए पनि भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना दैवले चुँडेर लियो,’ भावविह्वल अवस्थामा रहेकी शर्मिलाले बिलौना गर्दै भनिन्, ‘मेरा लागि छोरासरह थिए भाइहरू, हे दैव यस्तो अन्याय किन गरिस् ?’ आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: