Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्याङ्जाले गुमायो लोकप्रिय नेता

स्याङ्जा । तत्कालीन संविधानसभा सदस्य एवं कांग्रेस जिल्ला कार्यसमिति सभापति ५५ वर्षीय कमलप्रसाद पंगेनीको आइतबार बिहान ह्दयाघातबाट निधन भएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - गल्याङमा शनिबार पार्टीको कार्यक्रम सकेर भीरकोट नगरपालिका–६ स्थित डेरामा सुतेका उनलाई बिहान अचेत अवस्थामा स्थानीय कालिका सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालमै उनको निधन भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र २ बाट निर्वाचित पंगेनी ०६४ को पहिलो संविधानसभा र ०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ०३३ बाट नेविसंघमा सक्रिय हुँदै पार्टी राजनीतिमा आएका उनी जिल्लामा मन पराइएका नेतामध्ये थिए । उनी ०४२ मा पार्टीको केन्द्रीय सदस्य भएका थिए । पार्टीको जिल्ला सदस्य, सहसचिव हुँदै तेस्रो कार्यकालका लागि जिल्ला सभापति भएका थिए । पार्टी विभाजित हुँदा ०६० मा प्रजातान्त्रिकको जिल्ला सभापति भएका उनी एकीकरणपछि ०६७ को १२ औं महाधिवेशनमा चुनाव लडेर जिल्ला सभापति भएका थिए । ०७२ मा दोस्रो पटक पनि चुनावबाटै पुन: सभापति चुनिएका थिए । ०६२/६३ को जनआन्दोलनमा सक्रियतापूर्वक लागेका उनी पटक–पटक पक्राउ परी हिरासत बसेका थिए । उनी जिल्लामा लोकप्रिय छवि भएका विकासप्रेमी र समाजसेवी नेताका रूपमा चिनिन्थे । ‘जिम्मेवारीबोध गर्ने अगुवा’ स्याङ्जामा संघका २ र प्रदेशका ४ सिटमध्ये कांग्रसले प्रदेशसभा सदस्यको एउटा सिट मात्रै जितेको थियो । पार्टीको अनपेक्षित पराजयपछि पंगेनी केही निराश थिए । ‘म जिल्ला सभापति भएकाले हारको नैतिक जिम्मेवारी लिन्छु, मैले नैतिक रूपमा पद छाड्नुपर्छ भन्नुभएको थियो,’ पार्टीका पूर्वसभापति खगेन्द्र रेग्मीले भने, ‘मैले हाम्रो जिल्लामा मात्रै होइन देशभरकै परिणाम अनपेक्षित छ, हतार नगर्नुस्, भनेर सम्झाएको थिएँ ।’ पंगेनीजस्तो सुझबुझ भएका शालीन नेता गुमाउँदा जिल्लालाई नै ठूलो क्षति भएको उनले बताए । ‘संघ र प्रदेशको चुनावमा हारपछि सबै मिलेर गए मात्रै बलियो भइन्छ भन्नेमा उहाँले निरन्तर जोड दिइरहनुभएको थियो,’ रेग्मीले भने । शनिबार पनि पार्टी कार्यकर्ता बीचको मनमुटाव हटाउन आयोजित भेलामा उनी व्यस्त थिए । नेकपा जिल्ला नेता शैलेन्द्र घिमिरेले पंगेनी जिल्लाको अभिभावक मात्र नभई विकासप्रेमी र समाजसेवी रहेको बताए । ‘जिल्लाको राजनीतिक अवस्थामा बहस गर्न सक्ने कांग्रेसको एउटा क्षमतावान व्यक्ति उहाँ नै हो,’ उनले भने, ‘उहाँलाई गुमाउनु पर्दाको पीडा पार्टीलाई त हुने नै भयो, सिंगो जिल्ला र नेकपालाई पनि भएको छ । उहाँ कांग्रेसभित्रको कम्युनिस्ट सर्वहारा नेता हुनुहुन्थ्यो ।’ नेकपा नेत्री शर्मिला पौडेलले भनिन्, ‘गोजीमा ५ रुपैयाँ भएसम्म बाँड्ने व्यक्ति हो । राम्रो मान्छे गुमायौं ।’ शीर्ष नेताद्वारा श्रद्धाञ्जली पंगेनीलाई श्रद्धाञ्जली दिन सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य तथा नेताहरू गोपालमान श्रेष्ठ, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङलगायत पुगेका थिए । ‘पंगेनीको निधनले स्याङ्जा कांग्रेसलाई मात्र होइन, समग्र पार्टीलाई पनि ठूलो धक्का पुगेको छ,’ सभापति देउवाले भने, ‘उहाँको आवश्यकता र उहाँको स्थान हामी पूर्ति गर्न सक्दैनौं तर उहाँका सपना र उद्देश्य अवश्य पूरा गर्छौं ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले शोक वक्तव्य जारी गर्दै पंगेनीको निधनबाट मर्माहत भएको जनाएका छन् । ‘कुनै समयमा स्याङ्जामा पंगेनी कांग्रेस हो भनेर पनि धेरै मान्छे कांग्रेस भएका थिए,’ उनले शोक वक्तव्यमा लेखेका छन् । पौडेलले पंगेनी पार्टीभित्र इमानदार, सरल र कुशल संगठनकर्ता रहेको उल्लेख गरेका छन् । उनको शवलाई दिउँसो पार्टीको जिल्ला कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने साँझ ४ बजे शवयात्रा गरिएको थियो । कांग्रेसले पंगेनीको निधनमा शोक व्यक्त गर्दै सोमबार देशभरकै पार्टी कार्यालय बन्द गर्ने र झन्डा आधा झुकाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार निधन भएको १३ औं दिनको पुण्यतिथिमा स्याङ्जा सदरमुकाममा श्रद्धाञ्जली सभा गर्ने कार्यक्रमसमेत राखेको छ । यसैबीच तत्कालीन संविधानसभा सदस्य पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: