Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारतीय सेनाका कर्णेल जब युवती च्यापेर लाप्राक पुगे

विनाशकारी भूकम्प गएको करिब एक महिनापछि उत्तरी क्षेत्र गोरखाको बारपाक पुग्दा ढिलो भएछुँ । त्यो पनि जम्मा तीन दिन । ‘तपाईं तीन दिन ढिलो हुनुभयो, नत्र भने देख्नुहुन्थ्यो बास्तविक भूकम्प प्रभावित बारपाक ।’ भूकम्प गएको दश दिन पछि नेपाल आएकी एक युवती अध्ययनको शिलशिलामा युकेमा बस्ने शिला घलेले दिएको पश्चातापपूर्ण जानकारी हो यो । ‘किन ?’ उनले सबैतिर तंग्रिदै गरेका स्थानहरु देखाउँदै भनिन् – ‘जे देखिराख्नु भएको छ यो अस्ती, हिजो र आज तीन दिनमा गरिएको मेहेनतको प्रतिफल हो,’ आँखा चिम्लिदैं छातीमा हात राखेर भनिन् – ‘त्यसअघिको बारपाकको उराठ लाग्दो कुरुपता बयानै नगरौँ,  तपाईं ढिलो आउनुु भो, यु मिस जस्ट थ्री डेज ।’ हङकङबाट आएका एक युवकको पहलमा त्यो सफाइ गरिएको रहेछ । हामी पुगेको चारदिन अघिको साँझ कटुवाले ९ठूलो स्वरले सार्वजनिक कार्यको जानकारी गराउने प्रथा० शैलीमा सबैलाई जानकारी गराएपछि पछिल्लो दिन दुई सय र अर्को दिन दुई सय ५० जना स्थानीय भेला भएर सफाई गरेका रहेछन् । हामी पुगेकै दिन पनि उनीहरु सरसफाइ गरिहेका थिए । ‘अनि सेना प्रहरी र अरु उद्धारकर्ताहरुले के गरे त रु भारतीय सेनाको टेन्टहरु अझै यतै बसेका रहेछन् !’ जिज्ञासा खस्न नपाउँदै स्थानीय उमाविको खेलकुद मैदान देखाउँदै उनले भनिन्– ‘भारतीय सेना त दिन भरि टेन्टमा सुत्छन् । तिनिहरुको हेलिकप्टर आउँदा एकछिन निस्केर सामान झार्छन् । अनि क्रिकेट खेलेर रमाइलो गर्छन् ।’ धेरैजसो महिला र युवतीहरु भत्किसकेका र भत्किन ठिक्क परेका घरका भग्नावशेष मिलाउँदै गरेको र पुरिएको अन्नबाली निकालिरहेका देखिन्थे । बारपाकका युवा र पुरुषहरु केहि त्यहीँ रहेपनि धेरैजसो वैदेशिक रोजगारका लागि नेपाल बाहिरै रहने गरेका छन् । ब्रिटिस आर्मी, इन्डियन आर्मी,  हङकङ, साउदी, मलेसियालगायतका ठाउँहरु उनीहरुका वैदेशिक रोजगारीका गन्तव्य हुन् । पछिल्लो दिन बिहानै हामी बारपाकको छिमेकी गाविस लाप्राक पुग्दा त्यहाँका स्थानीय राहत ल्याउने र बिरामी लैजाने हेलिकप्टर कुरेर बसिरहेका थिए । दुई वर्षीय छोराको भाँचिएको हातको प्लास्टर खोल्न जाने लाईनमा बसिरहेकी १८ वर्षीया जुनुमाया सुनार सेतो हेलिकप्टर आकाशमा देख्ने बित्तिकै मुस्कुराइन् । केटाकेटीदेखि वृद्धवृद्धासम्म ‘राहत आयो’ भन्ने आशले ल्यान्डिङ स्थलतिर दगुरे । हेलिकप्टर ल्यान्ड भयो । म जुनुमाय सँग कुरा गरिरहेको थिएँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टोली स्थानीयसँग अन्र्तक्रिया गरिरहेको थियो । हेलिकप्टर आउँदा एकछिन बिथोलिएको उनको अन्र्तक्रिया फेरि सुरु भयो । सबैले हेलिकप्टर पट्टी पिठ्युँ फर्काए । अस्थाई टेन्टहरु सबै चहारी सकेपछि ‘किन राहत बाँडिएन ?’ भन्ने खुल्दुलीका साथ म हेलिकप्टर ल्यान्ड भएको स्थानमा पुग्दा एक लक्का जवान दुई विदेशी युवतिसँगै फोटो सुट गरिरहेका थिए । उनका हाउभाउ हेर्दा लाग्थ्यो कुनै हलिउड सिनेमाको सुटिङ चलिरहेको छ । दाँया पोज, बाँया पोज । ढल्किएर, माथि आकाशतिर फर्किएर । केटकेटीहरु उनको पोज दंगदास मान्दै हेरिरहेका । ती फोटोसुट गर्ने दुई युवती एकाएक हेलि चढे । त्यसपछि चढे, सेतो टिर्सटमा कालो चस्मा लगाएका ती जवान । हेलि स्टार्ट भयो र उडि त हाल्यो । बुझ्दा पो थाहा भयो उनी रहेछन्– भारतीय सेनाका कर्णेल ललित राई । स्थानीयको स्थिती बुझ्न आएका रे ! न ल्यायो राहत । न लगियो बिरामी । मुस्कुराई रहेको जुनुमायाको अनुहार एकाएक अँध्यारो भयो । राहतको पखाईमा बसेका केटाकेटीले औंला टोक्दै दंग खाए । बुढाबुढीले निधारमा हात लगाएर हेलि उडेको हेरे । हेर्दा हेर्दै भारतीय सेनाका कर्णेल ललित राई लाप्राक माथिको क्षितिजमा पुगिसकेका थिए । जुनुमाया सायद पर्खिरहेकी थिइन् होली । हामी पनि लाप्राक छोडेर उकालो लाग्यौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies