Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नेपाल-भारत व्यापार समस्यालाई तत्काल समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए । नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लागेका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं ।” प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ ।” प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौँ” प्रधानमन्त्री ओलीले भने “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।” “देशलाई स्थिरता चाहिएको छ, जनताले स्थिरताको अपेक्षा गरेका छन्, वर्तमान सरकार अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार होइन” उनले भने । “जनताले स्थिरताका लागि पनि गतिशील सरकारको अपेक्षा गरेका थिए । त्यो पूरा भएको छ, अब सरकारले जनताका तिनै अपेक्षाबमोजिम काम गर्छ” प्रधानमन्त्री ओलीले भने । उद्योगको स्थापना र सञ्चालनका लागि जे जति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । सरकारले दोहोरो, तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए । व्यवसायीहरुले कर वृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था हटाइने बताए सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: