Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

रोनाल्डोको स्थान लिए २१ वर्षीय बोर्जाले

काठमाडौं। स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको स्थानमा को आउन सक्ला भन्ने जिज्ञासाको विषय बनेको छ । फ्यानको इच्छालाई मध्यनजर गर्दै विभिन्न सर्वेक्षणसमेत भइसकेका छन् । समर्थकको सर्वेक्षणमा ह्यारी केनले रोनाल्डोको स्थान लिने देखिएको थियो । तर, अहिले रोनाल्डोको स्थानमा केन नभएर अर्कै खेलाडीले मौका पाउने भएका छन् । उनी हुन् ९ नम्बर जर्सी लगाउने २१ वर्षीय बोर्जा मायोरल । मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा रोनाल्डोको ठाउँ बोर्जाले लिने बताएका हुन् । स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । स्पेनिस प्रशासन एएसले पनि रोनाल्डोको ठाउँमा प्रयोग गर्ने खेलाडी रोजिसकेको दाबी गरेको छ । युवा खेलाडी मायोरलमा लोपेतेगीले विश्वास गरेको एएसले उल्लेख गरेको छ । मायोरलले गएको सिजन लोनमा वुल्फबर्गमा १९ खेलमा दुई गोल गरेका थिए । उनले रोनाल्डोले छोडेपछि उत्पन्न भएको खाली भर्न सक्ने लोपेतेगीको विश्वास छ । मायोरल रियल मड्रिडकै उत्पादन हुन् । सन् २००७ मा रियल एकेडेमीमा आएका उनले रियल मड्रिड बी बाट ३८ खेल खेलेका छन् । तर रियल मड्रिडका समर्थक भने क्लबको छनौटबाट त्यति खुशी रहेका छैनन् । गएको ९ वर्ष क्लबका लागि हरेक सिजन कम्तिमा ४० को हाराहारीमा गोल गरेका रोनाल्डोको ठाउँ लिन उस्तै उत्कृष्ट खेलाडी ल्याउनु पर्ने फ्यानको भनाई छ । रोनाल्डो ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टस गएपछि युरोपियन च्याम्पियन रियल मड्रिडमा उत्पन्न भएको खाली पूरा गर्ने खेलाडीको रुपमा रोबर्ट लेवान्डोस्की, ह्यारी केनदेखि एडिसन काभानी र इडन हजार्डलाई हेरिएको छ । यी मध्ये एकलाई क्लब भित्र्याउने रियल प्रयासरत रहेको खबर पनि आइरहेका छन् । -एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies