Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पानी पर्न थालेपछि सेती किनारमा भागदौड

काठमाडाैं । सेतीनदी कटानका कारण केही वर्षयता तनहुँ भीमादका दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बर्सेनि हुने नदी कटान र व्यवस्थित तटबन्ध अभावले भीमाद नगरपालिका क्षेत्रमा सामान्य झरी पर्नासाथ स्थानीयमा भागदौड मच्चिन्छ । पानी पर्नासाथ भीमादवासी सुरक्षित वासको खोजीमा भौँतारिने गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - भीमाद नगर क्षेत्रमा मात्रै दुई सय घर नदी कटानको उच्च जोखिममा छन् । सेतीनदी नियन्त्रणका लागि नगरपालिकाले दश लाख छुट्याए पनि अपुग भएको नगरपालिकाले जनाएको छ । भीमाद–६ का अध्यक्ष श्यामसुन्दर जोशीले भने, ‘यतिले नदी नियन्त्रणका लागि तारजाली लगाउन पनि पुग्दैन ।’ स्थानीय धु्रव भण्डारीका अनुसार सेतीनदीको बहाव बढ्नेबित्तिकै जमिन कटान सुरु हुन्छ । उनले भने, ‘मेरो घरको शौचालय भत्किसक्यो, घरको जग पनि झर्ने क्रममा छ, पहिरोको जोखिमले गर्दा सबै स्थानीय दिनमा व्यवसाय गरे पनि रात काट्न सुरक्षित स्थानतिर जान्छन् ।’ ‘स्थानीय तहको बजेटले तटबन्ध गर्न सकिएन’ भीमाद–६ का अध्यक्ष श्यामसुन्दर जोशीले स्थानीय तहको बजेटले सेतीनदी तटबन्ध गर्न नसकिने बताएका छन् । उनले केन्द्रले नै गुरुयोजना बनाएर काम गर्नुपर्ने बताए । ‘तत्काल नदी नियन्त्रणका लागि प्रदेश सरकारले दुई–तीन करोड रकम उपलब्ध गराएर काम थाल्नुपर्छ,’ उनले भने । भीमाद नगरपालिकाका सूचना अधिकारी सुनील पाण्डेले नदीआसपास पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा जान सूचना गरेको बताए । ‘बर्सेनि स्थानीयलाई पहिरोले सताउने गरेको छ, तर राज्यले दीर्घकालीन सोच बनाउन सकेको छैन,’ उनले भने, ‘नदी कटान रोक्न नगरपालिकाले १० लाख छुट्याएको छ । तर, त्यसले केही हुँदैन ।’ नगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहयोग मागेर नदी नियन्त्रणका लागि पहल थाल्ने योजना बनाएको छ । दिनभरि घर, रात परेपछि डेरामा भीमादका अधिकांश स्थानीय दिनमा घर र रात परेपछि डेरामा बस्ने गरेका छन् । उनीहरूको यो दैनिकी नै बनेको छ । सेतीनदीले बर्सेनि कटान गर्न थालेपछि सुरक्षित स्थानमा डेरा खोजेको स्थानीय सुवास कायस्थले बताए । ‘बर्खायाम सुरु हुनासाथ त्रासमा बस्नुपर्छ,’ उनले भने, ‘रातमा कहिल्यै घरमा वास बस्दैनौँ । साँझको समय कुनवेला सेतीनदीले कटान गरेर घर लैजाने हो थाहा छैन, दिनमा व्यापार–व्यवसाय गरे पनि रातमा डेरामा जान्छौँ ।’ बर्सेनि बढ्दै जोखिम सेतीनदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष रूपबहादुर शाहीले यस क्षेत्रमा बर्सेनि नदीले कटान गर्दा कैयौँ घर जोखिममा रहेको बताए । ‘भीमादको कुमारचोक दायाँबायाँका घर पहिरोको जोखिममा छन्, पहिरो नियन्त्रणका लागि सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भने । भीमाद–६ का अध्यक्ष श्यामसुन्दर जोशीले धेरै परिवार विस्थापित भइसकेको बताए । ‘पानी पर्न थालेपछि स्थानीयमा भागदौड हुन्छ, ३०–३५ घरका मानिस पानी परेको वेलामा घर छाड्ने र नपरेको वेलामा बस्ने गरेका छन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: