Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जाँदाजाँदै अमेरिकि राजदुतले यस्तो सन्देश छाडिन्

[caption id=\"attachment_129587\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको खुम्चिँदो नागरिक अधिकारप्रति चिन्ता व्यक्त गरेकी छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी श्रीलंकाको राजदूतमा मनोनयन भएकी राजदूत टेप्लिजले सम्पादकहरूको एक समूहसँग मंगलबार आफ्नो निवास कमलादीमा कुरा गर्दै नेपाल सरकारबाट आएका धारणा र सरकारले छलफल गरिरहेका कानुनबारे चासो व्यक्त गरेकी हुन् । ‘अनलाइन मिडियासम्बन्धी निर्देशिकाका केही प्रावधान धेरै उत्साहप्रद छैनन्,’ उनले भनिन्, ‘मिडियामाथि नियन्त्रण गर्नुपर्ने धारणामा समस्या छ र स्वनियन्त्रण (सेल्फ सेन्सरसिप)को बढ्दो अभ्यास स्वतन्त्र समाज निर्माणका निम्ति सहयोगी हुन सक्दैन ।’ उनले अगाडि भनिन्, ‘सरकारले कानुन, नियम र नीतिको अन्तरवस्तुमा ध्यान पुर्याउनु आवश्यक छ । नागरिक समाजको अधिकार र मिडिया स्पेस हनन हुन सक्ने देखिन्छ । म अनलाइन मिडिया निर्देशिकाप्रति चिन्तित छु । यसले विशेषगरी नयाँ मिडियालाई स्वतन्त्र रूपमा लेख्ने क्षमतामा प्रभाव पार्न सक्छ । यो प्रस्तावित कानुन समस्याग्रस्त छ ।’ यस्ता सामान्य पक्षले नागरिक अधिकारमा अवरोध ल्याउन सक्नेसमेत राजदूत टेप्लिजले बताइन् । उनले सरकारलाई मिडिया स्पेसको व्यवस्थापन र नियन्त्रणबीचको भेद छुट्याउनसमेत आग्रह गरिन् । संक्रमणकालीन न्यायबारे चर्चा गर्दै राजदूत टेप्लिजले भनिन्, ‘नेपालले द्वन्द्वका घाउमा मलम लगाउनुपर्छ र संक्रमणकालीन शान्ति प्रक्रियाले पीडितका आवाजलाई सुन्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण पक्ष, सत्य तथा मेलमिलाप र बेपत्ता आयोगमा रहेका साठी हजारभन्दा बढी मुद्दाको अनुसन्धान गर्नु र त्यसलाई यथोचित समाधानका लागि देशले प्रक्रियाको स्वामित्व लिनुपर्छ।’ उनले यहाँको अर्थतन्त्रदेखि संक्रमणकालीन न्यायसम्मका क्षेत्रबारे धारणा व्यक्त गरिन् । उनले नेपाललाई सन् २०३० सम्ममा मध्य आय मुलुकमा पुग्न आर्थिक प्रणालीमा वृद्धि मात्र होइन रूपान्तरणकारी परिवर्तनसमेत आवश्यक भएको बताइन् ।राजदूत टेप्लिजले डिजिटल, निर्माण र निर्यातयोग्य उच्च मूल्यका वस्तु उत्पादनमा नेपाललाई अवसर भएको बताइन् । उनले इकमर्सलाई प्रोत्साहित गर्न वित्तीय पूर्वाधार आवश्यक रहेकोमा जोड दिइन् । ‘केही अमेरिकी कम्पनीहरू यहाँ आफ्नो व्यवसाय थाल्न चाहन्छन् तर कम्पनी दर्ताका लागि एकद्वार नीति र पारदर्शी व्यावसायिक अभ्यासको थालनी हुनु आवश्यक छ,’ उनले भनिन् । उनले नेपालले ओपन गभर्मेन्ट पार्टनरसिप (ओजिपी) को साझेदार हुनुपर्ने आग्रह गर्दै यसले देशमा पारदर्शी संयन्त्र निर्माण र व्यवसायका निम्ति सहज वातावरण कायम गर्न मद्दत पुग्ने बताइन् । अर्थतन्त्रका क्षेत्रमा महिलाको बृहत्तर संलग्नताको अवसर रहेको समेत राजदूत टेप्लिजले चर्चा गरिन् । महिलालाई आवाज दिन आग्रह गर्दै उनले भनिन्, ‘उनीहरूलाई टेबुलमा एउटा सिट दिएर मात्र पुग्दैन ।’अमेरिकी सरकार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा भएको प्रगतिप्रति सन्तुष्ट रहेको स्पष्ट गर्दै राजदूत टेप्लिजले परियोजना सुरु भएपछि समयमै पूरा हुनेमा आशा व्यक्त गरिन् । नेपालबाट फर्कंदै गर्दा लैजाने सम्झनाबारे सोधिएको प्रश्नमा राजदूत टेप्लिजले भनिन्, ‘आभारी छु, प्रभावित भएकी छु र आशावादी छु ।’ राजदूतका रूपमा उनले नेपालका ४० जिल्ला भ्रमण गरेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending