Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

भीष्मराज ओझा । काठमाडौँ, १४ साउन । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।

विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो । अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताए । निजामती अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र रहेको भएपनि बिग्रिएकाले हाल सञ्चालनमा छैन् । अस्पतालबाट निस्कने फोहर पानी सिधै ढलमा मिसाउने गरिएको देखिन्छ । तिलगंगा आँखा अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन् । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । फोहर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा त्यसमा मापदण्डभन्दा बढी फोहर पाइएको प्रतिवेदनमा जनाइएको छ । निजामती अस्पतालले दिनमा तीन पटक, तिलगंगा अस्पतालले दिनमा दुई पटक, ग्राण्डी अस्पतालले दिनमा दुई पटक र बयोधा अस्पतालले दिनमा चार पटक फोहर संकलन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । सबै अस्पतालले फोहर निर्मलीकरणका लागि भने आवश्यक प्रशोधन उपकरण (अटोकेलेभ) राखिएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए । चारै अस्पतालले फोहर व्यस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत गरेको देखिएको छ । अस्पतालहरुले फोहर जलाउँदा सरकारले तोकेको मापदण्ड अनुरुपको तापक्रममा जलाउने नगरेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए । चारै अस्पतालमा केन्द्रीय फोहर संकलन स्थल भने रहेको देखिन्छ । साथै अस्पतालबाट उत्सर्जन हुने जोखिम र जोखिमरहित फोहरको प्लाष्टिकको बोराहरु मिसाएर नगरपालिकाले लैजाने गरेको देखिएको छ । उपत्यकामा बढ्दो जनसंख्या शहरीकरण प्रदूषणका कारण अस्पताल एवं स्वास्थ्य सेवाजन्य संस्थाहरुको संख्या बढ्दै गइरहेको छ । यस्ता अस्पतालबाट सामान्य फोहर मात्र नभइकन हानीकारक फोहर पनि निष्कासन हुने गर्दछ । हानीकारक फोहरको उचित व्यवस्थापन नभएमा यसले मानव स्वास्थ्य एवं वातावरणमा गम्भीर असर गर्दछ । आठ उद्योगलाई कारवाही  वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ । विभागले हुलास स्टिल उद्योग प्रालि (बारा), श्रीकृष्ण आयल रिफाइनरी प्रालि (बारा), विष्णु टेक्सटायल प्रालि (बालाजु), काठमाडौँ दुग्ध वितरण आयोजना (बालाजु), अरनिको आबुखैरेनी सिमेन्ट प्रालि (तनहुँ), हारती एग्रिगे्रट प्रालि (तनहँु), कमला रोलिङ मिल्स प्रालि (मोरङ) र युनाइटेड ब्रुअरी प्रालि (मकवानपुर) प्रत्येकलाई रु ५० हजारका दरले जरिवाना गरेको जनाएको छ । यस अवधिमा विभागले ११६ आयोजना, उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अनुगमन गरेको सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलले बताउनुभयो । विभागले १५ उद्योग एवं औद्योगिक प्रतिष्ठानलाई कारवाहीका लागि मन्त्रालयमा सिफारीस गरिएको, एकको बयान लिइएको र ५४ लाई सुधारका लागि सुझाव दिइएको विभागले जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: