Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रशासन कार्यालयमै निःशुल्क स्वास्थ्य परीक्षण

लमजुङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण सहितको सेवा प्रवाह गर्न थालेको छ । प्रत्येक आइतबार कार्यालयमा आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा शुरु गरेको हो । प्रत्येक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ, भन्ने सचेतना अभिबृद्धिका लागि यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयका सहायक प्रजिअ काजीमान सुनारले बताए । “नागरिक अझैपनि आफ्नो स्वास्थ्यबारे खासै ख्याल गर्दैनन्” सहायक प्रजिअ सुनारले भने “केही नभए पनि समय सापेक्ष स्वास्थ्य परीक्षण गरिनुपर्छ, भन्ने सन्देश दिनका लागि यो अभियान शुरु गरेका हौँ ।”

प्रत्येक आइतबार दिउँसो तीन घण्टा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । प्रशासनमा आएका सेवाग्राहीको रक्तचाप, चिनीरोग, मुटुको धड्कन लगायतको निःशुल्क परीक्षणका साथै परामर्श सेवा उपलब्ध गराएको छ । स्वास्थ्य परीक्षणको क्रममा कमजोरी तथा बिरामी भेटिएमा सेवाग्राहीलाई निःशुल्क औषधि पनि दिने व्यवस्था गरिएको छ । परीक्षणकै क्रममा अन्य ठूलो समस्या भेटिएमा सम्बन्धित अस्पताल पुग्न परामर्श दिने गरेको प्रशासनले जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षणका लागि जनस्वास्थ्य कार्यालयले चिकित्सकसहित दुईजना सहयोगी उपलब्ध गराएको छ । कार्यालयले केही सामान्य समस्याको औषधि र प्राथामिक उपचारको सामाग्री पनि उपलब्ध गराएको छ । निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु भएपछि सेवाग्राहीले लाम बसेर पनि स्वास्थ्य परीक्षण गर्दै आएका छन् । निःशुल्क स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्शले थप लाभान्वित भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE