Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कारागार भत्कियो, कैदी आतंकित

बझाङ। लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् । कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले आतंकित भए । “जेल घर निकै पुरानो छ, वर्षा लागेसँगै पानी चुहेर भित्र आउँछ, सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छौंँ, राति सुतिरहेको बेला एकाएक ठूलो आवाज आयो, घेराबारसँगै घर भत्किएर सबैको एकै चिहान हुने डरले हामी सबै आत्तिएर गुहार माग्यौँ”, जबरर्जस्ती करणीमा ११ वर्षदेखि सजायँ भोगिरहेका कैदी भरत रावलले बताए । कारागारको क्षमता २५ जनाको भए पनि दोब्बरभन्दा बढी ५४ जना कैदी राखिएका छन् । “हामीलाई सरकारले मानवले पाउने व्यवहार नै गरेको छैन । खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन ”, कर्तव्य ज्यान मुद्दामा सजायँ भोगिरहेका अम्मर थापाले बताए । कारागारको भवन २०४० सालमा निर्माण गरिएको हो जुन निकै जीर्ण रहेको जेलर राजेन्द्र बोहराले बताए । उनले भने, “नयाँ भवनको काम पूरा भएको छैन । काम सकेर हस्तान्तरण भएपछि कैदीलाई राख्ने हो । घेरबार भत्केलगत्तै म पनि राति १२ बजे जेल घरमा पुगेर कैदीबन्दीलाई सान्त्वना दिएको छु । अहिले कारागारका कैदी आतंकित भए पनि बाध्यताले शान्त भएका छन् ।” शान्ति सुरक्षा बिग्रिन नदिन सुरक्षा कडा पारिएको छ । राति ११ः।३० बजेदेखि नै सुरक्षा कडाइ गरिएको कारागार इञ्चार्ज प्रसनि शेरबहादुर बुढा ऐरले बताउनुभयो । उनले भने एक्कासि राति कारागारको पर्खाल भत्किएसँगै कैदीलाई सम्हाल्दै रातिदेखि नै आँखा झिम्म नगरी सुरक्षा दिइरहेको प्रहरी सहायक निरीक्षक बुढा ऐरले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: