Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विराटनगरमा नक्कली छाडेर सक्कली सिक्री निलेपछि...

काठमाडाैं । विराटनगरको जलजला चोकमा रहेको राठी सुनचाँदी पसलमा शुक्रबार साँझ सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सुजन नेपाल सुनको सिक्री किन्न भन्दै पुगे। अरुणकुमार राठीले संचालन गरेको सुनचाँदी पसलमा पुगेर उनले सवा तोलाको सुनको सिक्री मागे। राठीले सुनको सिक्री दिएपछि ‘चेन्जिङ रुम’मा छिरेर सिक्री लगाएर बाहिर निस्किए। तत्काल आफूसँग पैसा नभएको भन्दै पछि आएर किन्ने भनेर सिक्री फिर्ता दिए। तर नेपालले फिर्ता दिएको सिक्री नक्कली भएको पसल संचालकले थाहा पाए। अाजको अन्नपूर्णमा खबर छ-त्यसपछि पसल संचालकले आफूले दिएको सक्कली सिक्री फिर्ता गर्न बारम्बार आग्रह गरे। उनले आफूलाई दिएको सिक्री त्यही नै भएको भन्दै जिद्धी गरिरहे। शरीरका सबै ठाउँमा खानतलासी गर्दा पनि सिक्री फेला परेन। पछि पसलले प्रहरीलाई खवर गर्‍यो। प्रहरीले नेपाललाई पक्राउ गरेर विराटनगरको कोसी अञ्चल अस्पताल पु¥यायो। वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक प्रमोद कुर्मीका अनुसार अस्पतालमा लगेर एक्सरे गर्दा नेपालको पेट भित्र सुनको सिक्री रहेको पुष्टि भयो। ‘पेटको एक्सरे गर्दा सुनको सक्कली सिक्री निलेर आफूसँग भएको नक्कली सिक्री पसल संचालकलाई फिर्ता गरेको पुष्टि भयो,’ कुर्मीले भने, ‘त्यसपछि प्रहरी निगरानीमा नेपाललाई अस्पतालमै राखिएको छ।’ सक्कली सिक्री निलेपछि नक्कली सिक्री छाडेर नेपालले भाग्ने योजना बनाएका थिए। पसल संचालकले थाहा पाएपछि उक्त योजना असफल भएको प्रहरीको भनाइ छ। दिसाका माध्यमबाट सिक्री निकाल्ने गरी उनलाई प्रहरी र चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको कुर्मीले बताए। चिकित्सकले नेपाललाई चाँडो दिसा लगाउने ल्याक्टोलोज नामक औषधि दिएका छन्। अस्पतालका चिकित्सक पुरनचन साहका अनुसार दिनमा तीन पटक उक्त औषधि खुवाउनु पर्छ। डा. साहले भने, ‘मलद्वारबाट दिसाका माध्यमबाट सिक्री निस्कन तीन दिनसम्म लाग्न सक्छ।’ तीन दिनसम्म पनि नभए शल्यक्रिया गरेर निकाल्नु पर्ने साहले बताए। प्रहरीका अनुसार अस्पतालमा लगिएका नेपालले भने शनिबार साँझ सम्ममा एक पटक पनि दिसा गरेका छैनन्। राठीले सिक्री नक्कली भएको कुरा थाहा नभएको भए सिक्री नै माया मार्नु पर्ने अवस्था आएको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending