Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सेवा र भावनाको मूल्यांकन हुनुपर्ने रक्तदाताको माग

ललितपुर। नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन । कसले कति पटक रक्तदान ग¥यो भन्ने स्पष्ट तथ्यांक नहुँदा आफ्नो सहयोगको मूल्यांकन नभएको अधिकांश रक्तदाताले महसुस गरेका छन् । पचास वा सोभन्दा बढी पटक रक्तदान गरिसकेका अधिकांश रक्तदाताले भने, “आफू कति पटकसम्म रक्तदान ग¥यो, त्यसको यकिन तथ्यांक कुनै निकायसंग छैन्, त्यसमा पनि आफूले दान गरेको रगतमध्ये कति प्रयोगमा आउन सकेको हो, त्यो कुराको जानकारी आफूले पाउनुपर्छ ।” व्यवस्थित तथ्यांक नहुँदा आफैँंले नै मैले यति पटक रक्तदान गरें भन्नुपर्ने अवस्था छ, एक सय १९ पटक रक्तदान गरिसक्नुभएका चन्द्र पराजुलीले भने, “कसले कति पटक रक्तदान ग¥यो भन्ने तथ्यांक हुनुपर्छ ।” स्वयंसेवी रक्तदाताको आधिकारिक तथ्यांक सम्बन्धीत निकायसंग हुनुपर्ने उनको भनाइ छ । नेपालमा माग भन्दा धेरै कम रगत संकलन हुँदा रगतको अभाव सधैंँ कायम छ । रक्तदान धेरै पटक गरेका व्यक्तिलाई परिचालन गरेर रक्तदाता बढाउन सकिनेमा उहाँले जोड दिए । “पहिलो पटक रक्तदान गर्न आउनेलाई अलिकति गाहे छ, तर एक पटक रक्तदान गरिसकेपछि उनले पटक÷पटक गर्छन्,” रक्तदाता चन्द्र पराजुलीले भने । अर्का स्वयंसेवी रक्तदाता भानु रोशन राजभण्डारीले रक्तदाता भन्दा पनि संकलन गर्ने संस्थाले जस लिने गरेको बताए । उनले भने, “नियमित रक्तदातालाई हौसला प्रदान गर्दा नै नयाँ/नयाँ रक्तदाता बढ्दै जान्छ ।” रक्तदान कार्यक्रम आयोजना गर्ने कतिपय संस्थाले रक्तदान सम्बन्धी न्यूनतम मापदण्डसमेत पालना गरेको पाइदैन् । चाबहिल वा कलंकीको फोहरमा समेत रक्तदान भइरहेकाले त्यो रोक्नुपर्नेमा भनाइ उनको छ । उनी भन्छन्, “ फोहर ठाउँमा रक्तदान गर्दा रगत फोहर हुने सम्भावना बढ्छ भने अर्कातिर रक्तदाताको स्वास्थ्यमा पनि असर गर्छ ।” रक्तदाताले कति पटक रक्तदान गरे भन्ने तथ्यांक नेपाल रेडक्रस सोसाइटीसंग पनि छैन् । त्यो नहुँदा अहिले व्यक्ति आफैंले यति गरें भन्दै दाबी गर्नुपर्ने अवस्था रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । रक्तदातालाई रगतका विभिन्न जाँचमा केही सहुलियत दिनसके रक्तदाता अझै बढ्नसक्ने दाबी रक्तदाता वसन्त श्रेष्ठको छ । “रक्तदान गर्नुपर्छ भन्ने भावना बढाउन सकिएन भने रगतको अभाव कहिल्यै हटाउन सकिँदैन,” उनले भने। अझै पनि धेरैमा रक्तदान गर्दा असर गर्छ भन्ने भ्रम छ, त्यसलाई हटाउन गाउँगाउँ र टोलटोलमा चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ । अहिलेसम्म आफूले ५३ पटकसम्म रक्तदान गरिसकेको छु, आफूले निःशुल्क रुपमा दिएको रगत बिरामीसम्म पुग्दा शुल्क लिने गरिएको छ, रक्तदाता राजेन्द्र सुनुवारले भने, “बिरामीले त्यही रगत पैसा तिरेर लिनुपर्दा हामी रक्तदातालाई प्रेरित गर्दैन ।” रगत लिनेले पैसा तिर्नुपर्दा आफूलाई कहिलेकाहीँ रगत बेचेको त होइनरु भन्ने लाग्ने गरेको उनले बताए । आफ्नो ठाउँमा गएर रक्तदानका लागि प्रेरित गर्न चाहे पनि सरकारले उहाँ जस्तो रक्तदातालाई खटाउन कुनै चासो नदेखाएको उहाँको भनाइ छ । अस्पताल र रक्तसञ्चार केन्द्रमा कति रगत प्रयोग भयो र कति फर्कियो भन्ने तथ्यांक हुनु आवश्यक छ, रक्तदाता भक्त भट्टराइले भने, “हामीले दिएको रगत कसले र कति प्रयोग ग¥यो भन्ने रक्तदाताले जान्न पाउनुपर्छ ।” उनी ४३ पटक रक्तदान गरिसकेका छन् । रगतको गुणस्तरीय परीक्षण पछि मात्रै बिरामीसम्म पुग्नुपर्छ । नेपालमा रगतको अभाव कम गर्नका लागि १८ वर्ष पुग्नासाथ रक्तदान शुरु गर्नुपर्ने भन्ने भावनाको विकास गर्नुपर्ने भनाई रक्तदाताको छ । एउटा स्वस्थ्य व्यक्तिले तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्छ । रगतको शतप्रतिशत प्रयोग गरेर एक थोपा समेत खेर जान नहुने रक्तदाता बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending