Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यसरी चल्यो बल्खुमा एमाले नेताहरुको भागाभाग

मंगलबार दिउँसो, १२ः ५० बजे । म एमाले सचिव प्रदिप ज्ञवालीको अन्तर्वार्ता लिन एमाले मुख्यालय मदननगर, बल्खु पुगेको थिएँ । म पुग्दा एमालेका केन्द्रीय सचिवालय सदस्यहरु चिनिया सरकारले सहयोगस्वरुप दिएको टेन्टभित्र विनाशकारी भूकम्पपछिको राष्ट्रनिर्माणसम्बन्धी बैठकमा व्यस्त रहेछन् । एक घन्टा अगाडि नै बल्खु पुगेकाले म मुख्यालयको चौरमा रहेको रुद्राक्षको छहारीमुनि बसेर सचिव ज्ञवालीलाई बारम्बार म्यासेज गर्दै बाहिर आउन अनुरोध गरिरहेको थिएँ । यसैबेला एक्कासि जमिन नै भासिएजस्तो भयो । टेन्टमुनि बसिरहेका नेताहरु बैठक छाडी बाहिर निस्केर भागदौड मच्चाउन थाले । म चाहिँ अत्तालिएर रुद्राक्षको रुखलाई अँगालो मार्न पुगेछु । दिमागले नै काम नगरेजस्तो, एक प्रकारको मानसिक ‘सक’ फिल गरें मैले । जमिन नै उथलपुथल भएजस्तो भयो । मेरो ठीक आगडि रहेको एमाले मुख्यालय उत्तरपट्टि ढल्दै गएजस्तो लाग्यो । झट्ट आफूलाई सम्हालेर मोबाइलको भिडियो रेकर्डिङ सिस्टमलाई ‘अन’ गरें । एमाले नेताहरुसहित हामी सबै बाहिर चौउरमै रहेकाले सुरक्षित महसुश गरी निरन्तर भिडियो खिँचें । त्यसैबेला घरहरु भत्किएको आवाज निरन्तर आइरहेको थियो । कागहरु एकोहोरो कराउँदै आकाशमा चारैतिर भौतारिँदै थिए । लामै सयसम्म भूकम्प नरोकिएको अनुभूति हुँदै थियो । हामी बसेको चउर नै धापजस्तै गरी हल्लिन थालेपछि ‘अब बाँचिँदैन कि क्या हो’ जस्तो लाग्यो । म नर्भस भएँ । त्यतिबेला कसैको पनि याद आएन । बाँचिँदैनजस्तो लाग्यो । नेताहरु भय, डर–त्रास, निराश हुँदै एकै ठाउँमा जम्मा भएका थिए । भूकम्पको पहिलो ठूलो धक्का रोकिएपछि सबैले आफन्तहरुलाई फोन सम्पर्क गर्ने प्रयास गरे तर कसैको पनि सम्पर्क हुन सकेन । आफन्तसँग मेरो पनि सम्पर्क हुन नसकेपछि भूकम्पको म्याग्निच्युडबारे जानकारी लिन भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिरीलाई फोन गरें । धेरै पटकको प्रयासपछि बल्ल उनीसँग सम्पर्क भयो । काँपेको स्वरमा भूकम्प मापन प्रमुख लोकविजय अधिकारीले भने– ‘भूकम्प सिन्धुपाल्चोक र दोलखा आसपास केन्द्र भएर गएको हो । तर, म्याग्निच्युडको मापन अझै हुन सकेको छैन, हामी निरन्तर प्रयासरत नै छौं ।’ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको मुख्यालयमा पस्न र बस्न नमिलेपछि टेन्टमुनि एमालेको केन्द्रीय सचिवालयसहित प्राविधिक सदस्यहरुको संयुक्त बैठक भइरहेको समयमा वैशाख २९ गते फेरि ठूलो भूकम्प गएपछि सचिवालय सदस्यहरुको भूकम्प–अनुभवमा केन्द्रित रही तत्कालै संक्षिप्त प्रतिक्रिया लिएँ । प्रस्तुत छ, एमाले नेताहरुको भूकम्प–अनुभव– महासचिव ईश्वर पोखरेल ‘हामी भूकम्पपछिको नेपाललाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे गम्भीर छलफल गरिहेका थियौं । एक्कासि जमिन उथपुथल भएजस्तो भयो । साथीहरु नभाग्न आग्रह गर्दै थिए’, ठ्टयौली पारामा उनले भने– ‘तर, नभाग्न आग्रह गर्ने साथीहरु चाहिँ पहिले नै बाहिरिइसकेका थिए ।’ निरन्तरको भूकम्पबाट आजित हुँदै महासचिव पोखरेलले भने– ‘अब त विश्वास लाग्नै छोड्यो । अलिकता तंग्रिसकेका थियौं, यो भूकम्पले फेरि लत्र्याकलुत्रुक बनायो ।’ उपमहासचिव घनश्याम भुसाल ‘हामी सबै टेन्टभित्र छलफलमा थियौं । जमिन नै चलायमान भएजस्तो भयो । तर, हामी सुरक्षित ठाउँमा रहेकाले हामीलाई केही हुँदैन भन्नेमा ढुक्क थियौं । यस भूकम्पले फेरि धेरै क्षति पुर्यायो भन्नेमा म अझै बढ्ता चिन्तित भएँ ।’ सचिव शंकर पोखरेल ‘भूकम्प जाँदा म बाहिरै थिएँ । चारैतिरका घरहरु एकापसमा जुध्न लागेजस्तै गरी हल्लिन थाले । तर, सुरक्षित ठाउँमा भएकाले आफूचाहिँ बाँचिन्छ भन्नेमा म ढुक्क थिएँ ।’ सचिव प्रदिप ज्ञवाली ‘हामी सबै भित्र छलफलमा व्यस्त थियौं । पूरै जमिन नै रिँगाउन थाल्यो । म साथीहरुलाई नआत्तिन आग्रह गर्दै थिएँ । तर, सबै बाहिरतिर भागे ।’ \"IMG_20150512_131103\" \"IMG_20150512_131131\" \"IMG_20150512_131240\" \"IMG_20150512_131303\" \"IMG_20150512_131653\" \"IMG_20150512_131836\" \"IMG_20150512_131841\" \"IMG_20150512_131858\" \"IMG_20150512_131907\" \"IMG_20150512_131923\" \"IMG_20150512_132210\" \"IMG_20150512_132221\" \"IMG_20150512_132526\" \"IMG_20150512_132631\" \"IMG_20150512_132652\" \"IMG_20150512_132704\" \"IMG_20150512_132727\" \"IMG_20150512_132736\" \"IMG_20150512_140518\" \"IMG_20150512_140615\" \"IMG_20150512_141858\" \"IMG_20150512_142010\" \"IMG_20150512_144017\" \"IMG_20150512_144025\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending