Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

गोविन्द केसीलाई योगेश भट्टराईले यस्तो प्रश्न सोधेपछि…

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे । ‘गोविन्द केसीको अनसन केहीसँग पनि नजोडिएको अलग्गै विषयचाहिँ होइन । हामी सयौं तथ्य प्रमाणसहित यो कुरा भन्न सक्छौं’ उनले भने ‘यो बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन हो । जब यो राजनीतिक ग्राण्ड डिजाइन हो भने जसका विरुद्ध डिजाइन हुँदैछ भन्ने थाहा छ । त्यो पार्टीले त्यो डिजाइनबाट उम्किन, प्रतिकार गर्न, र त्यसबाट प्रतिरक्षा गर्न खोज्दैन त ? त्यही ग्राण्ड डिजाइनको भुमरीमा फस्छौं त ? हो हामी फस्न चाहँदैनौं ।’ गोविन्द केसीको माग शैक्षिक माग हो भने माइतीघरमा प्रधानमन्त्रीका विरुद्ध उत्तेजित नारा नलाग्ने पनि उनले बताए । ‘हामीलाई शंका थियो । यो माग राजनीतिक ढंगले आएको छ । उहाँको पक्षमा जो मान्छे सडकमा आए उनीहरुको माग त प्रष्ट रहेछ’ भट्टराईले भने । गोविन्द केसीको माग साँच्चै शैक्षिक माग हो भने सरकारसँग कुनै विमति नरहेको पनि उनले बताए । ‘तपाई हाम्रो सत्ता फाल्न आउनुभएको छ भने तपाईको कुरा हामी किन मान्ने ?’ भट्टराईले भने ‘तपाई त सरकारलाई अपदस्त गर भन्न थाल्नुभएको छ भने हामी किन मान्छौं रु हामी अपदस्त हुन चाहन्छौं त, त्यो राजनीतिक म्याण्डेट हो त ?’ पाँच महिना सरकारबाहिर बस्दा कांग्रेसभित्र उत्पात भइसकेको पनि भट्टराईले बताए । गोविन्द केसीको वार्ता टोली अहिलेकै विधेयक संशोधन गरेर अगाडि बढ्न लगभग सहमत भएको भन्दै भट्टराईले यो सकारात्मक भएको बताए । ‘यो राम्रो कुरा हो । म यसलाई स्वागत गर्छु । त्यसलाई (विधेयक) स्थगित गर्ने कि कुन कुन दफा सच्याउने कि हामी सल्लाह गर्छौं’ उनले भने । चिकित्सा शिक्षा विधेयकको विषयमा संसदीय समितिमा डा. केसीलाई असीमित समय दिएर छलफल गर्न आफूहरु तयार रहेको पनि भट्टराईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending