Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

‘अधिनायकवाद’ नआउँदै अख्तियार उल्लंघनको डरलाग्दो उदाहरण: आफ्नी पत्नीलाई समेत अंगरक्षक !

काठमाडाैं । केपी ओलीको सरकारलाई ‘अधिनायकवादी’ को एकोहोरो आरोप लगाउँदै आएका पूर्ववर्ती सरकारका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले चाहिँ जाते–जाते मनलाग्दी निर्णय गरेका रहेछन्, त्यो पनि आफ्नै सन्दर्भमा । निर्वाचन परिणामबाट पार्टी निक्कै पातलिएको र सरकार छाड्नुपर्ने दिन नजिकै आएको बेला उनलाई चिन्ता रहेछ पारिवारिक सुरक्षाको । संसदमा वामगठबन्धनले बहुमत दावी गरेपछि राष्ट्रपतिले केपी ओलीलाई शपथ खुवाउनु ११ दिनअघि मात्रै देउवाले आफ्ना लागि ठूलो सुरक्षा डफ्फाको प्रबन्ध गराएका हुन् । जनअास्था साप्ताहिकमा खबर छ-लाजमर्दो कुरा के छ भने, उनी आफू त पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षा सेवाबाट लाभान्वित हुन पाउने नै भए । तर, कुनै औपचारिक ओहोदाबिना, खतरा र सुरक्षित राख्नुपर्ने खास तार्किक कारण नै नभई पत्नी र छोराका लागि पनि सुरक्षाकर्मी परिचालन गराएका छन् । गृहमन्त्रालयले माघ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन सम्बन्धमा’ शीर्षकअन्तर्गत पठाएको प्रस्तावबाट आफ्नालागि सुरक्षा व्यवस्था मिलाएका हुन् । प्रस्तावको पाँचौ नम्बरमा उल्लेख छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको सुरक्षाका लागि वर्तमान कार्यकाल समाप्तिपश्चात् ४० जना (नेपाल प्रहरीबाट नायब उपरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बलबाट निरीक्षकसमेत २५ जना) को जनशक्ति/सुरक्षाकर्मी उपलब्ध गराउने । साथै, सोही तैनाथी संख्याबाट उहाँकी धर्मपत्नी पूर्व सांसद डा. आरजु राणा र छोरा जयवीरसिंह देउवालाई पनि व्यक्तिगत सुरक्षा उपलब्ध गराउने ।’ यससँगै तीनै जनालाई प्रहरीबाट अलग–अलग सवारीचालक लाने कामसमेत भएको छ । नेपालको इतिहासमा आजका मितिसम्म कसैले पनि पद र शक्तिको दुरुपयोगमार्फत पत्नी र पुत्रको निम्तिसमेत हतियारधारी सरकारी कर्मचारी खटाउने निर्णय गराएको पाइन्न । यस मामिलामा व्यक्तिगत स्वार्थको निम्ति दरबारलाई दुईचोटि प्रजातन्त्र बुझाएको भनी प्रतिपक्षीद्वारा आरोपित देउवा दुर्लभ अपवाद मानिन्छन् । भूतपूर्व पदाधिकारीलाई व्यक्तिगत सुरक्षा सेवा उपलब्ध गराउने सम्बन्धमा गृह मन्त्रालयले नै तयार पारेको निर्देशिकामा हतियार र सञ्चारसेटसहितका सरकारी कर्मचारी खटाउँदा विशेष कारण खुलाउनुपर्छ । ती व्यक्तिलाई कस्तो प्रकारको सुरक्षा समस्या छ भन्ने यकिन गरेर मात्र सुरक्षा दिनुपर्ने हुन्छ । तर, देउवाले बिनातर्क आफ्नी पत्नी र छोराका नाममा सुरक्षा टुकडीको दुरुपयोग गरेका छन् । मन्त्रिपरिषद्को त्यही बैठकबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपाल प्रहरीको एक जना असइ दर्जाका अधिकृतसहित तीन प्रहरीको सुरक्षा अनुमोदित भएको थियो । त्यसबेला अर्थमन्त्री रहेका उनलाई सुरक्षा दिनुपर्ने कारण पनि खुलाइएको छैन । त्यसबाहेक देउवा सरकारले म्यानपावर व्यवसायी तथा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङ, दाङका नेता दीपक गिरी, तनहुँका सांसद तथा तत्कालीन वनमन्त्री शंकर भण्डारी, पतञ्जलिका नेपाल प्रतिनिधि शालिग्राम सिंह र केही वकिललाई पनि बिनातर्क सुरक्षाकर्मी उपलब्ध गराएको छ । उता, आफ्नो अभिव्यक्तिका कारण अघिल्लो दिन सार्वजनिक माफी माग्दामाग्दै पनि हिजो राजीनामा दिन बाध्य पारिएका कानुनमन्त्री शेरबहादुर तामाङ त्यसअघिका एमाले कृषिमन्त्री हरि पराजुलीकै जस्तो नियतिको सिकार भएका छन् । जसरी हरिले रोपाइँका क्रममा परिचित महिलाहरुसँग मनोरञ्जनात्मक शैलीमा प्रस्तुत हुँदा मन्त्री पद छाड्नुप¥यो, शेरबहादुर तामाङले चिकित्सा शिक्षा अध्ययनका लागि विदेश गएका केही नेपाली चेली विदेशमा लुटिन बाध्य भएको तीतो कुरा नारी अस्मिता र दुई देशो सम्बन्धको संवेदनशीलताको ख्यालै नगरी प्याच्च बोलेपछि मन्त्री पदबाट बाहिरिनुपरेको छ । हरिकै तहमा शेरबहादुरको विरोध त भएको छैन । तर, कारणमा झण्डैझण्डै समानता छ । र, अर्को पनि मेल छ, जतिबेला हरि मन्त्री पद त्याग्न बाध्य भएका थिए त्यसबेला उनको सुरक्षा अधिकृत (पिएसओ) थिए सई सुनील महरा । संयोगले हिजो राजीनामा दिएका शेरबहादुरको अंगरक्षक पनि उनै थिए । उता, एक समय निकै हल्लिखल्लीका साथ बाणिज्य विभागले चलाएको अनुगमनको क्रम सेलाएको छ । २५ सयको जुत्तालाई २५ हजारमा बेच्ने, सक्कलीका नाममा नक्कली सामान बजारमा छ्याप्छ्याप्ती पार्ने दरबारमार्गका व्यापारीलाई रंगेहात पक्राउ गरेर केही महिनाअघि विभाग निक्कै चर्चामा थियो । तर, अहिले न धर्मकाँटा नियन्त्रणमा छ । न त बजार अनुगमन नै भएको छ । उता यातायात विभाग पनि महानिर्देशकविहीन छ । यातायात समितिहरू फर्म वा पञ्जीकरणमा जानुपर्ने, त्यो पनि हुन सकेको छैन । सरकारले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कारवाही गर्ने ठूलो हल्ला चल्यो । तर, कारवाही गर्ने भनिएका सबै ठेकेदार जोगिएका छन् । उता, सुरक्षाफौजमा पनि अराजकता बढ्दो छ । काठ तस्करीमा संलग्न चैनपुरका सशस्त्र डिएसपी रामप्रसाद भण्डारीको जागिर जाँदै छ । सुनसरीमा पनि प्रहरीका हाकिमहरू लफडामा मुछिएका छन् । कुवेत, अमेरिका, जापानजस्ता विदेशी दूतावासमा सुरक्षाकर्मी खटाउँदा बक्सिसबापत प्राप्त रकमबाट हिस्सा खोज्ने पहरा गणका ४ जना हाकिम पनि दुर्गमतिर धपाइँदै छन् । भद्रगोल र भाँडभैलो चौतर्फी छ । निर्मम हुने जति हल्ला थियो, त्यसको अनुपातमा सरकार कमजोर देखिँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending