चलखेल र हिंसासम्बन्धी चिन्ताका माझ सम्पन्न चुनावी अभियानपछि पाकिस्तानमा आज संसदीय चुनाव अन्तर्गत मतदान भइरहेको छ।
संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख मानिसहरू मतदाताका रुपमा दर्ता भएका छन्। पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पीएमएल-एनलाई हराउने अपेक्षा गरेको छ। तर मानव अधिकार आयोगले भनेको छ, \"चुनावमा चलखेल गर्ने प्रयास \'स्पष्ट\' रुपमा देखिएको छ।\" स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भएको मतदानलाई मध्यनजर गर्दै करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्। त्यो चुनावी प्रयोजनका लागि खटाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या भएको बताइएको छ। मतदाताले राष्ट्रिय विधायिका, न्याशनल एसेम्बली, का २७२ सदस्यलाई प्रत्यक्ष रुपमा निर्वाचित गराउनेछन्। ती मध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ। पाकिस्तानमा राजनीतिक उथलपुथल हुनु कुनै नौलो कुरा होइन र पछिल्ला केही महिनाले फेरि पनि त्यसलाई पुष्टि गरेका छन्। अघिल्लो पटकको चुनाव जितेका व्यक्तिले अहिलेको चुनावी प्रतिस्पर्धालाई जेलबाट नियालिरहेका छन्। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज शरिफले जेल सजाय काटिरहेका छन्। उनकी छोरी मरियम नवाज पनि दोषी ठहर भएकी छन्। सोमवार बीबीसी उर्दूसँगको अन्तर्वार्तामा मरियमले शक्तिशाली मानिने पाकिस्तानी सेनाको आलोचना गरिन्। \"जब कुनै प्रधानमन्त्री झुक्न र सेनाले भने अनुसार गर्न अस्वीकार गर्छन् तब उनीहरूले त्युत गर्न चारवटा तरिका अपनाउँछन्।\" \"फत्वा जारी गर्न लगाउँछन्, गद्दार भन्छन्, भारतका साथी भन्छन् अथवा भ्रष्ट भन्छन्। हरेक निर्वाचित प्रधानमन्त्रीविरुद्ध उनीहरूले यी कुरा गर्छन्।\" कौतुहलपूर्वी शहर लाहोरमा एउटा मतदान केन्द्रमा मत खसाल्ने पहिलो मतदाता महिला थिइन्। मरियम आरिफ नामकी ती महिलाले \'पाकिस्तानको सेवा गरेकोले\' आफूले पीएमएल-एनलाई मत दिएको बताइन्। धेरै मानिसमा इमरान खान पाकिस्तानका भावी प्रधानमन्त्री हुने वा नहुने भन्ने कौतुहल छ। सन् १९९० को दशकको अन्त्यतिर उनी राजनीतिमा होमिँदा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचालेको धेरै भएको थिएन। तर सन् २०१३ मा मात्रै उनको दल दह्रो प्रतिद्वन्द्वीको रुपमा देखियो, जब भ्रष्टाचारविरुद्धको लडाइँमा पार्टीका नेता एउटा आशाका रुपमा उदाए। त्यतिबेला उनी ठूलो मत अन्तरले पराजित भए । तर थुप्रैले उनलाई एउटा निर्णायक अभियानलाई नेतृत्व दिन जारी राखेको नेताका रुपमा हेर्ने गर्दछन् । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: