Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कानुनमन्त्रीमा अोली र प्रचण्डको रोजाइमा फरक-फरक नेता, कसले को रोजे ?

काठमाडाैं । शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त कानूनमन्त्रीमा पठाउने नामबारे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका छन् पूर्वविद्यार्थी नेता भानुभक्त ढकाल । तेह्रथुमका स्थायी बासिन्दा ढकाल मोरङ निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका ढकाल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । यसअघिसमेत मन्त्रीमा दाबी गरेका ढकाल मन्त्रिपरिषद्मा नअटाएपछि रुष्ट थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनका सांसद कृष्णभक्त पोखरेललाई मन्त्री बनाउनुपर्ने विचारमा छन् । पूर्वएमाले चितवनका अध्यक्ष पोखरेल चितवन–२ बाट निर्वाचित सांसद हुन् । कानुनी पृष्ठभूमिका पोखरेललाई कानूनमन्त्री बनाउँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहज हुने बुझाईमा अध्यक्ष प्रचण्ड छन् । स्रोतकाअनुसार ओलीले ढकाललाई र प्रचण्डले पोखरेललाई मन्त्री बनाउने आश्वासन दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि पोखरेललाई मन्त्री बनाउनुपर्नेमा छन् । पोखरेल नेपाल समूहमा छन् । राजीनामा दिएका शेरबहादुर तामाङ आफ्नै समूहबाट मन्त्री भएकाले पनि पोखरेल नै मन्त्री हुनुपर्ने तर्क नेपाल खेमाको छ । शीर्ष नेताले च्यापेका कारण ढकाल र पोखरेल दुवै आफू मन्त्री बन्नेमा ढुक्क छन् । तामाङले चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जाने नेपाली छात्राहरुले ‘शरीर नसुम्पिएसम्म प्रमाणपत्र नपाउने’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेकपा सचिवालय बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो । पार्टी निर्देशन पालना गर्दै तामाङले मंगलबार रुँदै राजीनामा घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending