Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो। प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो। प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए। संयुक्त सैन्य अभ्यासको मिति तय भएसँग दुवै मुुलुकका सैनिक अधिकारी त्यसको तयारीमा जुटेका छन्। नेपाली सेनाले संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीलाई विभिन्न विषयमा तालिम दिइरहेको छ। गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष बाहिनीमा दुई देशका विशेष सेनाले सैन्य अभ्यास गरेका थिए। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। दोस्रो संस्करणमा समेत नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित हुने छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: