Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

खर्च भएन प्रदेश सरकारको बजेट

बुटवल । प्रदेश ५ सरकारले पुँजीगततर्फ करिब एक प्रतिशत मात्रै बजेट खर्च गरेको छ। सरकारले चैत ३० मा १ अर्ब २ करोड ५ लाख बजेट ल्याएको थियो। तीन महिनामा १९ करोड ३० लाख ५३ हजार बजेट खर्च भए पनि पुँजीगततर्फ करिब एक प्रतिशत मात्रै बजेट खर्च भएको हो। अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - प्रदेशमा ऐन कानुनमातहतका कार्यालय र कर्मचारी अभाव हुँदा बजेट खर्च हुन नसकेको हो। सरकारले भौतिक पूर्वाधार विकासमा करिब २५ करोड बजेट विनियोजन गरेको थियो। तर पूर्वाधारमा बजेट राखिए पनि कुनै पनि मन्त्रालयले ठोस योजनामा काम गर्न सकेनन्। भौतिक पूर्वाधारअन्तर्गत मन्त्रालयका कुर्सी टेबुल व्यवस्थापनको मात्रै काम भएको छ। प्रदेश सरकारमातहत अझै पनि संरचना नबनेकाले नयाँ आवको बजेट खर्च पनि हुन नसक्ने सम्भावना बढेको मन्त्रालयका सचिवहरू बताउँछन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बजेट खर्चका लागि कानुन अभाव र निकाय नभएको बताए। ‘प्रदेशमा मन्त्रालयबाहेक अरू केही छैन, उनले भने, ‘कानुनमातहतका निकाय र कर्मचारी बजेट कार्यान्वयनका लागि आवश्यक छ।’ शून्य पूर्वाधारबाट सुरु भएको प्रदेश सरकारले पुँजीगत बजेट कुर्सी टेबुल खरिद र कार्यालय व्यवस्थापनबाहेक अन्यमा खर्च गर्न सकेको छैन। प्रदेशका ६ मन्त्रालय र संंसद्मध्ये सबैभन्दा बढी संसद्ले ५ करोड ९१ लाख बजेट खर्च गरेको छ। सबैभन्दा बढी बजेट विनियोजन भएको भौतिक पूर्वाधार मन्त्रालयले साढे ३० करोड बजेटमध्ये १ करोड १५ लाख मात्रै खर्च गर्न सकेको छ। बजेट माग गरेका मन्त्रालयहरूले ठूला योजनाको काम गर्न सकेका छैनन्। ‘खास योजनामा काम हुनै सकेन, कर्मचारीहरू पनि हाजिर नभएपछि बजेट खर्च कम भयो’, प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले भने। शून्य पूर्वाधारबाट सुरु भएको प्रदेश सरकारले पुँजीगत बजेट कुर्सी टेबुल खरिद र कार्यालय व्यवस्थापनबाहेक अन्यमा खर्च गर्न सकेको छैन। प्रदेश सरकारले नयाँ आवका लागि २८ अर्बको बजेट ल्याएको छ। मन्त्रालयका संरचना तत्काल नफेरिए र संघीय सरकारबाट अधिकार निक्र्याेल नभए नयाँ बजेटसमेत खर्च नहुने सचिवहरू बताउँछन्। प्रदेशमा अहिलेसम्म बजेट खर्च गर्ने निकाय बनेको छैन। जिससको कर हट्यो जिल्ला समन्वय समितिले लगाउँदै आएको कर नयाँ आर्थिक वर्षसँगै हटेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश ५ कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५ ले दिएका अधिकारबाहेक अन्य कर संकलन नगर्न निर्देशन समेत दिएको छ। यसअघि समन्वय समितिले पशु चौपाया, कृषि सामग्री निकासी कर, तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेका सडकमा लाग्ने पटके सवारी साधन कर संकलन गर्दै आएको थियो। यी सबै कर नलिन प्रदेश सरकारले आग्रह गरेको हो। प्रदेश ५ सरकारले राजस्व दरमा वृद्धि गरेको छैन। भारतबाट नेपाल भित्रिने सवारीसाधनलाई लगाइने पटके करबाहेक अन्य कर संघीय सरकारले तोकेबमोजिम नै रहेको मन्त्रालयले जनाएको छ। भारतीय गाडीहरूबाट लिइँदै आएको पटके कर भने दोब्बर पारिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies