Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

शहरी क्षेत्रमा नै छैन शौचालय

\"\"्झापा। झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ । सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताए । झापामा अहिले पनि एक हजार ८०० घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । करीब एक हजार ३०० घरधुरीमा शौचालय निर्माण भइरहेको छ भने ५०० घरधुरीमा शौचालय निर्माणको काम शुरु हुन नसकेको प्रमुख पोर्तेलले बताए । झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तह कनकाई, शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, बाह्रदशी, बुद्धशान्ति, कमल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने कचनकवल, गौरादह, बिर्तामोड, हल्दिबारी खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेका छन् । दमक, मेचीनगर, भद्रपुर, झापा, कचनकवलमा ठूलो चुनौती रहेको प्रमुख पोर्तेलको भनाइ छ । खुला दिसामुक्त घोषणाको अभियानमा झापामा शहरी तथा सुगम क्षेत्रमा नै चुनौती देखिँदै छ । विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगर र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी रहेका छन् । “जान्ने र हुनेहरुले शौचालय बनाउन मान्दैनन्”, प्रमुख पोर्तेलले भने, “भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर देखिएको होे ।” नेपालकै होचो भूभाग बन्यो खुला दिसामुक्त नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको बालुबाडी खुला दिसामुक्त बनेको छ । एक हजार २७२ घरधुरी रहेको बालुवाडीको सबै घरमा चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले जनाएको छ । चार सय ६४ घरधुरीमा मात्र सुरक्षित शौचालय रहेको बालुबाडीमा ग्लोबल स्यानिटेसन फण्ड र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बाँकी ८०८ घरधुरीमा नयाँ शौचालय निर्माण गरेर खुला दिसामुक्त घोषणा गरिएको स्वच्छता समन्वय समितिकी उपाध्यक्ष मीना पराजुलीले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: