Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विरोधकाबीच ट्रम्पको बेलायतको भ्रमणः अमेरिका ब्रिटेन व्यापार सम्बन्ध समाप्त हुने चेतावनी

लण्डन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट भनिने युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजनाअघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरू सम्भवत: गर्न नसक्ने बताएका छन् ।

उनले \'सन\' समाचारपत्रलाई दिएको अन्तरवार्तामा त्यस्तो योजना कार्यान्वयन भए सम्झौता गर्ने अवस्था अन्त्य हुने र अमेरिकाले ब्रिटेन नभई युरोपेली संघसँग सम्बन्ध कायम गर्ने टिप्पणी गरे । प्रधानमन्त्री मेले राष्ट्रपतिको रूपमा पहिलो पटक ब्रिटेन आएका ट्रम्पसँग अमेरिका ब्रिटेन स्वतन्त्र व्यापार सम्झौताका लागि कुराहरू राख्ने ठानिएको छ । उनले ब्रेक्जिट संयुक्त अधिराज्य र सयुक्त राज्य अमेरिकामा आर्थिक वृद्धिको ढोका खोल्ने अवसर भएको टिप्पणी पनि गरेकी छन् । राष्ट्रपति ट्रम्पले पूर्व ब्रिटिश विदेशमन्त्री बोरिस जोनसन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने भन्दै उनीसँग त्यसका लागि चाहिने क्षमता भएको उल्लेख गरे । ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको ब्रिटेन भ्रमणलाई छायामा पार्ने देखिन्छ । प्रधानमन्त्री मेले ट्रम्प र उनकी श्रीमतिलाई रात्रिभोज दिइरहँदा ब्रसल्समा लिइएको भनिएको पछिल्लो अन्तर्वार्ता छापिएको थियो । ब्रिटेनले हाल प्रस्तुत गरेको इयु बहिर्गमनको योजना जनताले मतदानमार्फत व्यक्त गरेको धारणा भन्दा फरक रहेको ट्रम्पले उल्लेख गरे । उनले आफूले प्रधानमन्त्री मेलाई इयु बहिर्गमन सम्बन्धी सुझाव दिएपनि उनले त्यसलाई वास्ता नगरेको टिप्पणी गरे । उनले युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई उपयुक्त व्यवहार नगरेकाले आफूले इयुविरूद्ध कडा रवैया अपनाएको उल्लेख गरे । \"\" उक्त अन्तर्वार्तामा ट्रम्पले लण्डनमा अघिल्लो साल भएको आतंकवादी हमलाको प्रसङ्ग उल्लेख गर्दै त्यहाँका मेयर सादिक खानको आलोचना दोहोर्‍याए । बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सवर्ग भन्छिन्, \"ट्रम्पको अन्तर्वार्ताले इयुका नियमहरूमा बाँधिएर बस्दा समेत संयुक्त अधिराज्यले बाँकी विश्वसँग उपयुक्त व्यापार सम्झौताहरू गर्न सक्छ भन्ने प्रधानमन्त्री मेको दाबीलाई सिधै अस्वीकार गरिदिएको छ । ट्रम्पको प्रतिक्रिया संयुक्त अधिराज्यले इयुसँगको दीर्घकालीन सम्बन्धबारेको प्रस्ताव सार्वजनिक गरेकै दिन बाहिर आएको हो । उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गरेका छन् ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ । दशौँ हजार प्रदर्शनकारीहरूले उहाँको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending