Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

रोल्पा । त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तुलन कायम राख्ने, विकासका सबै गतिविधि वातावरणमैत्री बनाउने लगायत विषयमा उद्योगले स्थानीयवासीसँग सम्झौता गरेको थियो । लामो समय बितिसक्दा समेत उद्योगले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीयवासी आक्रोशित भएको स्थानीयवासी मोहन परियारले बताए । सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासीले पुस्ताँैदेखि उपभोग गरिरहेको खानेपानीको मुहानबाट जबर्जस्ती पानी लगेको कारण उनीहरु थप आक्रोशित भएका हुन् । विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नाको साटो स्थानीयवासी, स्थानीय सरकार र अन्य सरोकार भएकाहरुसँग समेत उद्योगले दूरी बढाउँदा असहजता बढेको परियारले बताए । उद्योगले ज्यालामा समेत विभेद गरेको स्थानीयवासीको आरोप छ । सम्झौता कार्यान्वयन नगरिए कारखाना बन्द गराउनेसम्मको तयारीमा स्थानीयवासी रहेको बताइएको छ । उद्योगको कच्चा पदार्थ उत्खननका समयमा बिग्रिएका खानेपानीका मुहानको अझै मर्मत नगरिएको स्थानीयवासी सन्तोष शर्माले बताए । सिमेन्ट रोल्पामा उत्पादन भए पनि जिल्ला बाहिर बिक्री हुँदा जिल्लावासीले महँगो ढुवानी खर्च तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । उद्योगले स्थानीय सरकारसँग समेत समन्वय नगरी आफूखुशी काम गरिरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले आरोप लगाए । “समन्वयका लागि पटक पटक आग्रह ग¥याँै तर आफुखुशी काम गरिरहेको छ”, ओलीले भने, “गाउँपालिका क्षेत्रबाट दाङतर्फ ढुंगा ढुवानी गरेको पाइएकाले हामीले निकासी कर उठाउँदा उद्योगले अख्तियारमा मुद्दा दायर गरेको छ ।स्थानीयसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुको विकल्प छैन ।” उद्योगले दाङतर्फ ढुवानी भइरहेको ढुंगा रोक्का गरी पाउन गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाले आफूले तत्कालका लागि ढुंगा ढुवानी बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गजबहादुर एमसीले बताए । उद्योगको स्थानीय जनता, स्थानीय सरकार, स्थानीय टिपर व्यवसायी र राप्ती माइनिङ कन्ट्रक्सनसँगसमेत विवाद रहेकाले आफूहरुको पहलमा उक्त विवाद मिलाउने प्रयास गरिएको एमसीको भनाइ छ । स्थानीयवासीसँग गरिएका प्रतिबद्धता पूरा गरेर सहज ढंगले काम गर्ने वातावरण मिलाउन एमसीले उद्योगलाई सुझाव दिए । उद्योगले स्थानीय जनतासँग गरेका शर्त पालना नगरेको तथा अन्य सरोकार भएकाहरुसँगसमेत सौहार्दता कायम गर्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बूढाले बताउनुभयो । उद्योगको गतिविधिप्रति स्थानीय जनता र अन्य सरोकार भएकाहरुसमेत सन्तुष्ट छैनन् । उद्योग, माइनिङ कन्ट्रक्सन र स्थानीय जनतासँग छलफल गरी विवाद हल गर्ने गरी सम्झौता गरिएको बूढाले बताउनुभयो । माथिको पहँुचका आधारमा उद्योगले स्थानीयवासीसँग समन्वय नगरी आफुखुशी काम गर्न खोजेकाले समस्या बढेको हुन सक्ने प्रमुख बूढाको भनाइ छ । केही महिना यता मात्रै उद्योग किनेर सञ्चालन गर्न थालेकाले यसपूर्व भएको सम्झौताबारे आफूहरुलाई जानकारी नभएकाले साझा बुझाइमा समस्या आएको उद्योगका प्रशासन तथा अप्रेशन प्रमुख टेकबहादुर गुरुङले प्रतिक्रिया दिनुभयो । उद्योगमा ५० प्रतिशत बढी स्थानीय कर्मचारी रहेको बताउँदै केही विशेषज्ञ जनशक्ति जिल्लामा नपाइने भएकाले बाहिरबाट ल्याउनुपरेको उहाँले बताए । स्थानीय जनताका लागि रोजगारीका अवसर सिर्जना गर्ने कुरामा आफूहरु संवेदनशील रहेको गुरुङको भनाइ छ । उद्योगबाट निस्कने धुलोधुवाँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराले आफूहरुलाई पनि गम्भीर बनाउने रहेको बताउँदै उहाँले यसको न्यूनीकरणका लागि सामान खरीद गरिन लागेकाले निकट भविष्यमा यो समस्या हल हुनेमा आफूहरु आशावादी रहेको बताए । राप्ती माइनिङ कन्ट्रक्सन र सिमेन्ट उद्योगबीच मुख्य विवाद रहे पनि स्थानीय बासिन्दा र स्थानीय सरकारसँग पनि विवाद जोडिनु दुःखद् रहेको गुरुङले बताए । बिजुलीको भरपर्दो व्यवस्था नहुनु र कच्ची सडकमा भारी सवारी साधन चलाउन नसक्ने अवस्था रहेका कारण उद्योग सञ्चालनमा आफूहरुले पटक पटक समस्या भोग्दै आएको गुरुङले दुखेसो पोखे । विसं २०६६ मा स्थापित उद्योगले दैनिक दुई हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । सयभन्दा बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदूरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जान्छ । निर्माणका लागि गुणस्तरीय मानिने सो सिमेन्ट रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेतलगायत जिल्लामा खपत हुँदै आएको उद्योगले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies