Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

'बागलुङ जिल्लाको नापी नक्सा मेटिन लाग्यो'

बागलुङ, लामो समय सम्म पुन नापी नहुदाँ बागलुङ जिल्लाको नापी नक्सा मेटेनि अवस्थामा पुगेको छ । घर जग्गाको कारोबार बढि हुने क्षेत्रको नक्सा फोहोर भई मेटिने अवस्थामा पुग्न लागेको जिल्ला नापी कार्यालय बागलुङले जनाएको छ । करिब तिन दशक पहिले तयार पारीएको नक्सा जिर्ण भएको तथा कत्तिा खण्डीकरण बढि भएपछि नक्सा मेटीने अवस्थामा पुगेको जिल्ला नापी कार्यालयका प्रमुख संजिव कुमार सिंहले जानकारी दिए । जग्गाको बढी कारोबार हुने बागलुङ नगरपालिका, हटिया र कुश्मीसेरा र बुर्तिवाङ क्षेत्रको नक्सा फोहोर भई मेटिने अवस्थामा पुगे पछि कार्य सम्पादनमा समस्या भएको सिंहले बताए । नापी कार्यालयले नक्सा जिर्ण भई मेटीने अवस्थामा पुगेपछि सेवाग्राहिलाई ब्लुप्रिन्ट र पुराना नक्साका आधारमा सेवा प्रदान गरि रहेको जनाएको छ । नक्सा जिर्ण भए पछि सेवा प्रवाहमा समस्या भएको छ कार्यालय प्रमुख सिंहले भने नक्सा नबुझिएर सेवाग्राहिको जग्गामा समस्या समेत आउने अवस्था सिर्जना हुन लगेको छ । बागलुङ जिल्लामा हाल देखिएको नक्साको समस्या समाधानका लागि दोहोरो नापी गर्नुपर्ने नापी कार्यालयले जनाएको छ । हरेक १० वर्षमा नापी गर्ने व्यवस्था भएपनि बागलुङ जिल्लामा २०३५÷३६ सालपछि नापी भएको छैन । नक्सामा देखिएको समस्या समाधानका लागि दोहोरो नापी गर्नुपर्ने कार्यालय प्रमुख सिंहकोे भनाई रहेको छ । लामो समय नापी नभएको र यो विचमा जग्गा खरिद विक्रि तथा सडक निमार्ण लगाएतका धेरै काम भएकाले समस्या निवारणका लागि दोहोरो नापी हुनुपर्ने बताइएको छ । जिल्लाका सबै गाविस र नगरपालिकाको दोहोरो नापी गर्नुपर्ने अवस्था नभएको बताइएको छ । धेरै जग्गाको कारोबार हुने केहि गाविस र नगरपालिकामा स्थानिय निकायको अग्रसरतामा दोहोरो नापी गर्नुपर्ने र दोहोरो नापी नभए जग्गा सम्बन्धी थुप्रै विवाद सिर्जना हुन सक्ने नापी कार्यालयले सजग बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending