Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ठेक्का प्रणालीमै खोट

काठमाडौँ । प्रचलित ठेक्का प्रणालीबाट स्तरीय काम, समयसीमामा पूरा र गुणस्तरको आशा राख्नु आफैंमा विडम्बना हो ।खुसी नेपाली समृद्ध नेपाल निर्माणका अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई चारवटा सुझाव छन् । पहिलो, मुलुकको विकास बजेटको लगभग सम्पूर्ण अंश ठेक्कामार्फत खर्चने गर्छौं, तर वर्तमान ठेक्का प्रणाली आधारभूत रूपमै विकासमैत्री छैन । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - त्यसैको कारण समयसीमामा ठेक्का नसकिनु, ठेकेदार बीचैमा भाग्नु, समय तन्कनु, गुणस्तरीय काम नहुनु, योजनाको लागतले आकाश छुनु जस्ता समस्या देखापरेका हुन् । यसखाले सबै दोष ठेकेदारको थाप्लामा थोपरेर ठेक्का प्रदायक (सरकार) पानी माथिको ओभानो देखिने नाटक गर्दै आएको छ । घटाघट गरी कम मूल्यमा ठेक्का सकार्नेलाई योजना जिम्मा दिने चलन छ । उदाहरणार्थ, लागत अनुमान अनुसार एक लाखको योजनालाई साठी प्रतिशतमा दिने र ठेकेदार त्यसैमा बाँच्नुपर्ने र उसले राजनीतिक संरक्षण पाएका ‘आपराधिक तत्त्व’ पनि पाल्नुपर्ने हुन्छ । योजनामा ३० प्रतिशत पनि सही खर्च जाँदैन । त्यसखाले ठेक्का प्रणालीबाट स्तरीय काम, समयसीमा पूरा र गुणस्तरको आशा राख्नु आफैंमा विडम्बना हो । चालु ठेक्का प्रणालीको चुनौतीपूर्ण गाँठो यहीं अल्झेको छ । अत: अहिलेको ठेक्का प्रणालीलाई पूर्णतया रद्द गर्नुपर्छ । लागत अनुमान अनुसारको रकम ठेकेदारलाई पुरै दिने नीति लागू गर्नुपर्छ । घटाघटको साटो सर्वोत्तम असल ठेकेदार छान्ने पद्धति लागू गर्नुपर्छ । यसका लागि ठेकेदारको पूर्वरेकर्ड, ऊसँंग उपलव्ध मेसिनरी, दक्ष जनशक्ति तथा उसलाई विश्वास गर्न सकिने अन्य आधारहरूमा रही छनोट गर्नुपर्छ । तबमात्र अहिलेको बेथितिमा ९० प्रतिशत सुधार हुन्छ । नयाँ प्रणालीमा ठेक्का प्रदायकपट्टि जिम्मेवारी बढी थपिन्छ । दोस्रो सुझाव, हालको भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण नगरे समृद्ध नेपालको सपना अधुरै रहन्छ । यसलाई नियन्त्रण गर्न पृथ्वीनारायण शाहको दिव्योपदेश अनुसार घूस लिने र दिने दुबै पक्षलाई दण्डित गरिनुपर्छ । यसबाट भ्रष्टाचार नियन्त्रणका लागि उल्लेख्य वातावरण बन्छ । प्रधानमन्त्री ओलीलाई विद्वान तथा निजी दलगत, क्षेत्रगत राजनीतिबाट पर रहेका अर्थमन्त्री हुनुले थप अनुकूलता सिर्जना गरेको छ । तेस्रो सुझाव, बालविवाह मुलुकमा यत्रतत्र प्रचलित छ । यो सामाजिक कुसंस्कारले मुलुकको प्रगतिमा भाँजो हालिरहेको छ । गत जेठ १० गतेको घटना हो, यो पंक्तिकारकी नातिनी शृंखला खतिवडा चेपाङ बस्तीमा स्वास्थ्य चौकी स्थापना गर्ने उद्देश्यसाथ मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ भार्तामा पुग्दा त्यहाँ सम्पर्कमा आएका चेपाङ महिलामध्ये अधिकांशले किशोरी उमेरमै ३/४ बच्चा जन्माइसकेका थिए । त्यहाँ नौ सन्तानलाई जन्माएकी ३२ वर्षीया महिला पनि थिइन् । स्थितिको गाम्भीर्यता बुझ्न यति नै काफी छ । चौथो सुझाव, छाउपडी प्रथा सामाजिक कुरीति हो । यो प्रथा पश्चिमी नेपालमा व्याप्त छ । यसले महिलाको प्रगतिमा प्रत्यक्ष बाधा पारेको छ । समाजका साथै मुलुकलाई पछाडि धकेलेको छ । छाउगोठमा बस्दा सर्पले डसेर ज्यान गएको, बलात्कृत भएको तथा पशुले आक्रमण गरेको घटना थुप्रै छन् । बालविवाह र छाउपडी प्रथा राज्यले चाहे चुड्कीभरमा उन्मूलन हुनसक्छ । यिनको उन्मूलनका लागि जङ्गबहादुर राणाकालीन सतीप्रथाको उन्मूलनबाट शिक्षा ग्रहण गर्न सकिन्छ । जङ्गबहादुर सतीप्रथाको विपक्षमा थिए । तर उनको मृत्युमा उनकै रानीहरू सती गए । फितलो कानुनले गर्दा समाजमा सतीप्रथा रोकिएन । सतीसँग लागेर घाटमा जाने मलामीलाई समेत १२ वर्ष कैद सजाय हुने कानुन लागू भएपछि सतीप्रथा सदाका लागि उन्मूलन भयो । हालको बालविवाह र छाउपडी प्रथामा सम्बन्धित घरमूलीहरूलाई आफैंले सामल भर्नेगरी प्रहरी हिरासतमा थुनछेक गर्ने हो भने कुरीति समाप्त हुन्छ । ओली नेतृत्वको सरकारलाई जति चौतर्फी अनुकूल परिस्थिति २००७ सालदेखि यताका कुनै पनि (बहुदलीय र निर्दलीय) सत्ता सञ्चालकलाई जुरेको थिएन । यस अर्थमा ओली भाग्यमानी छन् । यो अनुकूल परिस्थितिको सिर्जनाकार भएको श्रेय पनि उनैलाई जान्छ । दुइटा परीक्षामा उत्तीर्ण भए उनलाई मुलुकको अब्बल राजनेता बन्ने अवसर छ । एउटा, आफ्ना भनाउँदा स्वार्थीको घेराबाट जोगिन सक्नुपर्छ । अर्को, नागरिकका अभिव्यक्ति स्वतन्त्रता र मानवता सम्बन्धी कुनै पनि मूल्यमा चोट नपुर्‍याउने व्रत पालना गर्नुपर्छ । प्रकाशित : असार २७, २०७५ ०८:४१

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies