Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

‘वार्ता गर्न जुम्ला आऊ’

  जुम्ला ।चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् । आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - ‘सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्छ,’ उनले भने, ‘जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन, जबसम्म माग पूरा हँुदैन, तबसम्म आमरण अनशन जारी रहन्छ ।’ सरकारले वार्ता गर्न चाहे टोलीलाई जुम्ला पठाउन डा.केसीका आफन्त किशोर केसीले आग्रह गरे । ‘टेलिफोनमा वार्ता हुँदैन,’ उनले भने, ‘माग सम्बोधन गरे वार्ता आवश्यक छैन ।’ डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनी बोल्न नसक्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार टेलिफोन वार्ता गर्ने भने पनि डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले सम्भव भएको थिएन । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाब नहुनेजस्ता समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् । डा.केसीले आफ्नो उपचारमा असहयोग गरेकाले चिकित्सकलाई समस्या भएको प्रतिवेदनमा उल्लेख छ । उनले अक्सिजन र स्लाइनबाहेक अरू औषधि लिन मानेका छैनन् । केसीको समर्थनमा जुम्ली महिलाले आन्दोलन सुरु गरेका छन् । उनीहरूले मंगलबार खलंगामा प्रदर्शनसमेत गरे । उनको समर्थन तथा सरकारलाई दबाब दिन र्‍याली निकालेको स्थानीय अगुवा माया रावलले बताइन् । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा डा.केसी छट्पटाइरहेका छन्,’ स्थानीय विष्णुकन्या उपाध्यायले भनिन्, ‘तर सरकारले बेवास्ता गरेकाले हामी आन्दोलित भएका हौं ।’ उनले सरकारलाई दबाब दिन थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाइन् । १ घण्टा सेवा बन्द काठमाडौं (कास)– नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबारदेखि देशभरका सबै स्वास्थ्य संस्थामा बिहान दिनहुँ एक घण्टा काम नगर्ने निर्णय गरेको छ । सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम नगर्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जनाए । विरोध कार्यक्रमको घोषणा सर्वसम्मतिमा गरिएको संघले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: