Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने बढे

रसुवा, २४ असार । रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको संख्या १० हजार ७५६ नाघिसकेको छ । समग्रमा ५० भन्दा बढी देशका पर्यटक यस नाका हुँदै चीनतर्फ जाने गरेका छन् । यसैगरी कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रुको संख्या पनि तीन हजार ७४७ पुगेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय यात्रु दिन प्रतिदिन बढदै गएका छन् । प्रवेशाज्ञा प्रणालीबाट आएका पर्यटक तथा यात्रुको चाप बढ्न थालेपछि छ जना कर्मचारीलाई कार्य सम्पादन गर्न मुस्किल परेको अध्यागमन प्रमुख मनोजकुमार पोखरेलले बताए । पर्यटकबाट प्रवेशाज्ञा शुल्कबापत रु २४ लाख ५६ हजार ४०७ राजश्व संकलन भएको छ । पर्यटक तथा मानसरोवर यात्रुको आगमनले व्यवसाय पनि निकै फस्टाउन थालेको यहाँको होटल व्यवसायीले बताएका छन् । हुम्लाको सिमिकोटदेखि हेलिकोप्टरबाट हिल्सा हुँदै मानसरोवर जाने भारतीय तीर्थयात्रु भने गत वैशाखदेखि मोटर बाटो प्रयोग गरेर रसुवा हुँदै त्यसतर्फ जान थालेको अध्यागमनका अभिलेखकर्ता मानबहादुर बरालले बताए । रसुवागढी नाका पर्यटक र कैलाश मानसरोवर धार्मिक यात्रामैत्री मार्ग बनाउने कार्यको थालनी भएको र पहिलो चरणमा सडक व्यवस्थित गर्ने, निर्बाध रुपमा आवतजावतको वातावरण सिर्जना गर्ने, पर्यटकमैत्री बजार व्यवस्थापन गर्ने, पर्यटकको सुविधाका लागि सरोकारवाला निकाय वा संघ संस्थाबाट रात्रिकालीन सेवाको साथै अध्यगमन कार्यालयको कामलाई डिजिटल प्रणालीमा लैजाने प्रयास जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । कालिका गाउँपालिकाअन्तर्गत राम्चे क्षेत्रको मुलखर्क तथा राम्चे क्षेत्रमा पहिरोको सम्भावनालाई मध्यनजर राख्दै प्राविधिक र पहिरो हटाउने उपरकरणसमेत राखी सडक सुधारका काम समेत भइरहको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: