Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेविसंघमा लफडाः महाधिवेशन विथोल्ने खेलमा महर समूह, काफ्ले समुहले दियो यस्तो चेतावनी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो । अध्यक्ष नैनसिंह महरले पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष नैनसिंह महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल र कृष्ण बस्नेतलाई मनोनयन गरेका छन् भने सहमहामन्त्रीमा महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम भएको काफ्लेसहितका असन्तुष्ट समूहको आरोप छ । संगठनको १२औं महाधिवेशन सुनिश्चितताको लागि आफूहरुले पटकपटक गर्दै आएको पहल र प्रयास गर्दै आएपछि त्यसलाई अध्यक्षले बिथोल्ने प्रयास गरेको महामन्त्री काफ्लेले आरोप लगाएका छन् । महामन्त्री काफ्लेसहित उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीले एक संयुक्त वक्तब्य जारी गरी केन्द्रीय समितिमा बहुमत पदाधिकारी एवम् सदस्यहरु संगठनलाई विधि र विधानसम्मत अगाडि बढाउन तथा समयमै महाधिवेशन सम्पन्न गराउन लागिपरेको भएपनि अध्यक्षको गतिविधिबाट वातावरण विग्रने अवस्था रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा सहमति र समझदारी बिना अध्यक्षबाट गरिएका सबै मनोनयन महाधिवेशन नगराउने उद्देश्यबाट प्रेरित रहेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पनि अध्यक्षको कार्यशैली विरुद्ध आफूहरु एकजुट भएर अघि बढ्ने भन्दै १२औं महाधिवेशन नगराउनका लागि भएका सबैखाले निर्णयहरुका विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । अध्यक्षको कार्यशैलीविरुद्ध एकजुट भएर अघि बढ्ने विषयमा छलफल गर्न शनिबार राजधानीको पशुपति बहुमुखी क्याम्पसमा महामन्त्री काफ्ले समूहका विद्यार्थी नेताहरुको बैठक समेत बसेको बताइएको छ । उक्त बैठकले सोमबार राजधानीमा बृहत केन्द्रीय समितिको बैठक बोलाइको र सो बैठकले कसरी अघि बढ्ने भन्ने’bout निर्णय लिने नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले बताए । अध्यक्षको कार्यशैलीविरुद्ध काफ्ले समूहले समान्तर रुपमा संगठन सञ्चालन गर्दै आएको छ । केहि महिना अघिमात्रै बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै काफ्लेले बाल्मिकी क्याम्पसमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, सो बैठक पार्टीको हस्तक्षेपपछि रोकिन पुगेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending