नेकपाको प्रदेश र जिल्ला कमिटीको आकार बढ्ने, कति सदस्यिय हुने भए ?
आषाढ़ २४ गते, २०७५ आइतवार 8th July, 2018 Sun०८:२९:०३ मा प्रकाशित
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश र जिल्ला कमिटीमा सदस्य संख्या बढाउने तयारी गरेको छ । स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरूले राखेको सुझाबअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो । बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतमा २ सयदेखि २ सय २५ सम्म पु-याउनुपर्ने नेताहरूले सुझाब दिएका छन् । त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १ सय ५० सदस्यीय पु-याउनुपर्ने सुझाब आएको छ । अहिलेको प्रस्तावित विधानमा प्रदेश कमिटी न्यूनतम १ सय ७५ तथा जिल्ला कमिटी न्यूनतम १ सय २५ सदस्यीय बनाउने प्रस्ताव छ ।
अाजको नयाँ पत्रिकामा खबर छ-तर, दुई पार्टी एकीकरण गर्दा प्रस्तावित संख्या कम हुने भन्दै नेताहरूले संख्या बढाउन दबाब दिँदै आएका थिए । अधिवेशनबाट निर्वाचित कमिटी नभएकाले एकताको भाव समेट्ने गरी अन्तरिमकालका लागि संख्याका मामिलामा विधान र नियमावली लचक बन्नुपर्ने अधिकांश नेताहरूको सुझाब छ ।
‘आकार बढाएर धेरैलाई समेट्ने नाममा धेरै भद्दा कमिटी बनाउनुहुन्न भन्ने नै अधिकांश साथीहरूले सुझाब राख्नुभएको छ,’ स्थायी समिति सदस्य अग्नि सापकोटाले भने, ‘प्रदेश ३ का तर्फबाट हामीले प्रदेश कमिटीमा १० थपेर १ सय ९९ र जिल्ला कमिटी न्यूनतम १ सय ४५ जनाको बनाइनुपर्ने सुझाब राखेका छौँ ।’
संख्या टुंगो नलागेका कारण नेकपाभित्र तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले एकतासम्बन्धी गृहकार्यलाई गति दिन सकेका छैनन् । स्थायी समितिमा नेता योगेश भट्टराईले प्रदेश कमिटी २ सय २५ तथा जिल्ला कमिटी न्यूनतम १ सय ७५ सदस्यीय बनाउनुपर्ने लिखित सुझाब राखेका थिए ।
अनुशासन आयोगको संख्या ३५ सम्म पु-याइने
नेकपाले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रस्तावित संख्या पनि बढाउने तयारी गरेको छ । तीनवटै आयोग नौ सदस्यीय बनाउन प्रस्ताव गरिएकोमा २९ देखि ३५ सदस्यीय बनाउन स्थायी समितिमा सुझाब आएको नेता सापकोटाले जानकारी दिए । ‘केन्द्रीय आयोगहरू २९, ३१ या ३५ सदस्यीय बनाउनुपर्ने सुझाब प्रस्तुत भएको छ, त्यसअनुसार आयोगको संख्या पनि बढ्ने सम्भावना छ,’ सापकोटाले भने ।
तत्कालीन एमालेमा अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहराले आयोगको हैसियत, मर्यादा र संख्या खुम्च्याइएको भन्दै पूर्ववत् कायम गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टै लिखित सुझाब राखेका थिए ।
यस्तो छ, अहिलेको प्रस्तावित संरचना
प्रदेश कमिटी न्यूनतम १७५ सदस्यीय हुने भनिए पनि प्रदेशअनुसार आकार फरक–फरक हुने प्रस्ताव छ । एक निर्वाचन क्षेत्रबराबर एक सदस्य स्वतः बढ्ने प्रस्ताव छ । त्यस्तै, ७७ वटा प्रस्तावित जिल्ला कमिटी न्यूनतम १ सय २५ सदस्यीय हुने, तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पाँचजनाका दरले संख्या थप्न सक्ने प्रस्तावित विधानमा उल्लेख छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संख्या तोकिएको छैन ।
तर, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य, महानगर/उपमहानगर/नगर/गाउँपालिका अध्यक्ष, वडाध्यक्ष पनि क्षेत्रीय कमिटीमा पदेन सदस्य रहने विधान प्रस्तावित छ । अन्य थप २० प्रतिशत मनोनीत गरिने प्रस्तावित विधानमा छ ।
यस्तै, महानगर कमिटी ७५ सदस्यीय, उपमहानगर कमिटी ६५ र नगर कमिटी र गाउँपालिका कमिटी ५१/५१ सदस्यीय बनाउने प्रस्ताव छ । वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय हुने भनिएको छ ।
नाम र नेतृत्वको विवाद नेतृत्वले टुंग्याउने
भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायत सबै विषय टुंगो लगाउने कार्यादेश दिइए पनि विवाद देखिए केन्द्रीय सचिवालयले नै अन्तिम टुंगो लगाउने भएको छ । अहिल्यैदेखि नेतृत्वका लागि रस्साकस्सी देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, मूल कुरा नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत टुंगो लाग्न सकेन भने अध्यक्षद्वयले नै छलफलबाट सबै विषय टुंगो लगाउनुहुन्छ,’ ती सदस्यले भने ।
सचिवालयमा छलफल, संख्या बढाउन कार्यदल
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रदेश र जिल्ला कमिटीको संख्या बढाउने विषयमा छलफल भयो । ‘स्थायी समितिमा आएका सुझाबका विषयमा छलफल भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
केन्द्रीय सचिवालय बैठकले तल्ला कमिटी र केन्द्रीय आयोगहरूको आकार बढाउन कार्यदल बनाएको छ । तीन सदस्यीय कार्यदलमा नेताहरू वामदेव गौतम र रामबहादुर थापा बादल तथा महासचिव विष्णु पौडेल छन् । स्थायी समितिमा आएका सुझाबका आधारमा कार्यदलले प्रस्ताव तयार गर्नेछ । २६ असारभित्र विधान र नियमावलीमा संशोधन गर्नुपर्ने विषयमा ठोस प्रस्ताव तयार गरेर स्थायी समितिलाई बुझाउनेछ । ‘नियमावली संशोधनबारे स्थायी समितिमा आएका सुझाबका आधारमा कार्यदलले प्रस्ताव तयार पार्नेछ,’ प्रवक्ता श्रेष्ठले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: